ब्राजिलका लागि नेपाली राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र « Khabarhub

ब्राजिलका लागि नेपाली राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले शुक्रबार (आज) पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

 लिमामा आयोजित एक विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रपति जेगारालाई उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै पेरुका जनताको निरन्तर शान्ति र समृद्धिको कामना गरेको ब्रासिलियास्थित नेपालको राजदूतावासले जनाएको छ । 

त्यस अवसरमा राष्ट्रपति जेगाराले राजदूत काफ्लेको कार्यकालको सफलताका निम्ति शुभकामना व्यक्त गर्दै उनलाई आफ्नो सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताए। समारोहमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । 

त्यसअघि राजदूत काफ्लेले परराष्ट्र मन्त्रालयका विभिन्न अधिकारीहरूलाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न पक्षहरूमा विचार आदानप्रदान गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

दुवै पक्षबीच दक्षिण–दक्षिण सहयोग, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, आर्थिक साझेदारी, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध प्रवद्र्धन, साझा हितका मामिलामा बहुपक्षीय संलग्नता, जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट दुवै मुलुकका समृद्ध जैविक विविधताको संरक्षण, दिगो पर्वतीय विकासका विषयबारे पेरुका अधिकारीहरूसँग राजदूत काफ्लेले विचारविमर्श गरेका थिए । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १० : २६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी