अनुदानले किसान पशुपालनतर्फ आकर्षित, दूध उत्पादन बढ्यो « Khabarhub

अनुदानले किसान पशुपालनतर्फ आकर्षित, दूध उत्पादन बढ्यो


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आर्थिक वर्ष २०८१-८२ मा तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा ३७ लाख ९२८ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा ३८ लाख ६७० मेट्रिक टन दूध उत्पादन भएको हो । 

उत्पादनका आधारमा प्रतिलिटर रु तीनका दरले किसानलाई अनुदान दिन थालेपछि व्यवसाय गर्ने किसानको सङ्ख्या बढ्नुका साथै र दूध उत्पादन पनि बढ्न थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका कार्यालय प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रबिनसन अधिकारीले जानकारी दिए । 

उनले भने, ‘अघिल्लो वर्ष दुधालु गाईको सङ्ख्या १३ हजार ६१० रहेकामा गत वर्ष १३ हजार ६३८ तथा भैँसीको सङ्ख्या २० हजार ६५० रहेकामा वृद्धि भई २१ हजार २४२ पुगेको छ ।’

जिल्लाका ११ सहकारी संस्थामार्फत ३२ लाख ४७ हजार १७८ मेट्रिक टन दूध बिक्री गरिएको छ । उनले भने, ‘प्रतिलिटर तीनका दरले अनुदान दिँदा ९७ लाख ४१ हजार ५३४ खर्च भएको छ ।’

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर भई बाह्य जिल्लामा समेत बिक्री–वितरण गर्न थालिएको वरिष्ठ मत्स्य विकास अधिकृत अधिकारीले बताए। कुल परिवार सङ्ख्या ८८ हजार ५८३ रहेकामा कृषि पेसामा आबद्ध परिवार ५८ हजार ५९५ र पशुपन्छीपालनमा आबद्ध ४९ हजार ६४० परिवार रहेका छन् । 

जिल्लामा ५६ प्रतिशत घरधुरी पशुपालनमा लागेको तथ्यांक छ । त्यसैगरी, पाँच हजार ३७ गाई, चार हजार ४१७ भैँसी, ७६ बाख्रा र २२ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको उनले बताए ।
 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ५७ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क