नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परिक्षण र डेमो प्रदर्शन « Khabarhub

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमको परिक्षण र डेमो प्रदर्शन


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे आज परिक्षण गर्दै डेमो प्रदर्शन गरिएको छ । सिंहदरबारभित्रै बनिरहेको संसद् भवनमा  आधुनिक प्रणाली जडान गरिँदैछ । विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसद्‌मा प्रयोग गरिएको शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए ।

‘नयाँ संसद भवनमा प्रविधिको बारेमा आज उपप्रधानमनत्री एवम् शहरी विकास मन्त्रीज्यूलाई ब्रिफिङ गरिएको छ । संसद् भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ ? परिक्षण पनि गरियो,’ शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए ।

 उनका अनुसार प्रतिनिधिसभामा ३५४ वटा र राष्ट्रिय सभामा ९४ वटा डिभाइस हरेक टेबलमा जडान हुनेछ । नयाँ संसद् भवनमा जडान हुने प्रविधि अहिलेको संसद् भवनको भन्दा आधुनिक हुनेछ । 

जसमा आफ्नो कुर्सीमा जडित डिभाइसबाट मतविभाजनका क्रममा मत दिन सकिने, संसद्‌मा प्रस्तुत विधेयकहरू र अन्य डकुमेन्ट सिधै डिभाइसमा हेर्न मिल्नेछ भने संसद्को क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ । संसद् भवनको निर्माण कार्यसँगै संसदभित्रको प्राविधिक पक्ष उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री सिंहले जोड दिएका छन्। नयाँ प्रविधिले संसद्को कामकारवाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ । 

नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसहित संघीय संसद्का महासचिव, सचिव, सचिवालयका प्रतिनिधिहरुबिच नयाँ प्रणालीले कसरी काम गर्छ परिक्षण गरेर देखाइएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ५९ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले