रास्वपाले भन्यो- संसद् बहिष्कार कुनै संविधान विरोध अध्यास होइन « Khabarhub

रास्वपाले भन्यो- संसद् बहिष्कार कुनै संविधान विरोध अध्यास होइन


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा जारी पार्टीको आन्दोलन र बहिष्कारलाई सत्तापक्षले लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुवातमा बोल्दै सांसद निशा डाँगीले गत जेठ १३ गतेदेखि रास्वपाले गर्दै आएको आन्दोलनलाई लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली भएको बताइन् । 

‘सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा म गम्भीर आपत्ति जनाउनु चाहन्छु,’ उनले भनिन्, ‘संसद् बहिष्कार कुनै संविधान विरोध अध्यास होइन । यो त लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो ।’ 

सांसद डाँगीले आफ्नो पार्टीले अहिले संसद्मा गरिरहेको अभ्यासलाई सत्तारूढ दलहरूले विगतमा पटक–पटक गरेको पनि बताइन् । ‘विगतमा आज स्वयम् सत्तामा बसेकाहरूले पटक–पटक प्रयोग गरेका छन्,’ उनले भनिन् । 

सांसद डाँगीले भिजिट भिसा प्रकरणमा जारी रास्वपाको आन्दोलन जारी रहेको पनि बताइन् । उनीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अनिशा नेपालीले बोलेकी थिइन् । 

उनले पनि पार्टीको आन्दोलन जारी रहेको बताइन् । सांसद नेपालीले बोलिसकेपछि दुवै दल संसद् बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १ : ३५ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले