संसद्‍मा रामहरिले भने- लिपुलेक भएर व्यापार मार्ग खोल्ने सम्झौताबारे कूटनीतिक माध्यमबाटै समाधान गरौँ « Khabarhub

संसद्‍मा रामहरिले भने- लिपुलेक भएर व्यापार मार्ग खोल्ने सम्झौताबारे कूटनीतिक माध्यमबाटै समाधान गरौँ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली भूमि लिपुलेक भएर व्यापार नाका पुनः सञ्चालन गर्ने भारत र चीनको पछिल्लो सम्झौताबारे कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले चीन र भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै देशका सरकार प्रमुखहरूसँग नेपाली भूमि लिपुलेकको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

‘यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् । सम्माननीय प्रधानमन्त्रीज्यू केही दिनपछि चीनको पनि भ्रमण गर्दै हुनुहुन्छ । र भारतको पनि भ्रमण गर्दै हुनुहुन्छ,’ उनले भने, त्यो बेला सरकार प्रमुखसँग सरकार प्रमुखका नाताले यो समस्या समाधान गर्न दुवै देशका सरकार प्रमुखसँग नेपालको आफ्नो स्ट्यान्ड राखेर कुरा होस् र समस्या समाधान होस् भनेर माग गर्न चाहन्छु ।’ 

सांसद खतिवडाले अहिलेको समयमा हरेक नेपालीले स्वाभिमान र राष्ट्रिय एकताका लागि प्रस्तुत हुनुपर्नेमा जोड दिए । सरकार पनि नेपालको सार्वभौमसत्ता र अखण्डताको पक्षमा अटल भएर उभिनुपर्ने उनको भनाइ थियो ।    

‘यस्तो बोलमा हामी सम्पूर्ण नेपालीहरू कुनै पार्टीको कुनै जातिको नभई सम्पूर्ण नेपालको तर्फबाट आफ्नो स्वाभिमान र राष्ट्रिय एकताका लागि प्रस्तुत हुनपर्छ,’ खतिवडाले भने, ‘यस्तो कुरामा सरकारलाई साथ दिनपर्छ । सरकारले पनि नेपालको सार्वभौमसत्ता र अखण्डताको पक्षमा अटल भएर उभिनुपर्छ ।’

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ०२ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले