कोशी प्रदेश आमसञ्चार विधेयकसम्बन्धी प्रतिवेदन पेस « Khabarhub

कोशी प्रदेश आमसञ्चार विधेयकसम्बन्धी प्रतिवेदन पेस


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस भएको छ ।

न्याय, प्रशासन तथा विधायन समितिको सभापति कमला दर्नालले समितिको प्रतिवेदन सदनमा पेस गरेकी हुन् ।

विशेष समय र शून्य समयमा विविध विषयमा ध्यानाकर्षण

विशेष समय राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सन्दकपुरमा पर्यटक भित्र्याउन सरकारले आवश्यक संरचना बनाउनुपर्ने सुझाव दिए ।

समुन्द्र सतहबाट तीन हजार ३३६ मिटर उचाइमा रहेको सन्दकपुरलाई नेपाल सरकारले पहिलो पर्यटन गन्तव्यमा राखेको भन्दै उनले त्यसको विकासका लागि ध्यान दिनुपर्ने बताए ।

‘जैविक विविधता, रेडपान्डा, ३८ जातका लालीगुराँस पाउनाका साथै जडीबुटी सङ्कलन केन्द्र पनि हो सन्दकपुर । त्यसैले भारतको पश्चिम बङ्गाल दार्जिलिङ र नेपालको इलामबाट जान सकिने त्यहाँको बाटो अत्यन्त खराब रहेकाले त्यसको विकासमा ध्यान दिऔँ’, सिटौलाले भने,’ बाटो खराब भए पनि गएको वर्षमा भारत र बङ्गलादेशका तीन लाख ८० हजार नागरिक सन्दकपुरमा आएको तथ्याङ्क छ । त्यसको विकास भएमा लाखौँ पर्यटन भित्र्याउन सकिन्छ ।’

उनका अनुसार इलामबाट ३५ किमी दूरीमा रहेको सन्दकपुरको बाटो हालसम्म पाँच किलोमिटर मात्र कालोपत्र भएको छ ।

सन्दकपुरबाट नेपालका सबै शिखर हिमाल, भूटानको कालो पहाड अवलोकनका साथै बिहानको समयमा सूर्य देखिने भएकाले यस ठाउँलाई अलौकिक भन्ने गरिएको छ । 

शून्य समयमा प्रदेशसभा सदस्य गोम्बु शेर्पाले तीजका अवसरमा शुभकामना व्यक्त गर्दै समानता, न्याय र समृद्धिका निम्ति महिला अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिए  । सदस्य किशोरचन्द्र दुलालले प्रदेश रासायनिक मलको सहज आपूर्तिका लागि ध्यानाकर्षण गराए । 

सदस्य प्रेमराज थाम्सुङहाङले लिपुलेक र लिपियाधुरा नेपाली भूमि भएकाले नेपालको सहमतिबिना नै भारत र चीनले व्यापारिक मार्ग प्रयोग गर्न गरिएको सम्झौतामा सरकारले विरोध गर्नुपर्ने बताए । 

उनले यस्तो कार्यले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा आँच आउनाका साथै स्वाधीनतामा पनि प्रहार भएको धारणा राखे । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ३१ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले