जनकपुरधाम– मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले नियमन ऐन ल्याउने बताएका छन् ।
मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको नव निर्मित आन्तरिक प्रशिक्षण भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चार नियमन ऐन ल्याउने बताएका हुन् ।
समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गृह मन्त्री लेखी राज्यको चौथो अंगको रूपमा रहेको प्रेस जगतमा हिजो आज विकृति विसङ्गति बढिरहेको ,सामाजिक संजालमा लाइक र भ्यूजको लागि तथ्यहीन,आधारहीन र भ्रामक समाचारहरू सम्प्रेषण गर्ने प्रवित्ती बढिरहेको हुँदा सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन छिट्टै सञ्चार नियमन ऐन ल्याउने तयारी गरिरहेको बताए ।
मधेस सरकारको ३ करोड १८ लाख ५० हजार ८४६ को लागतमा २०० जना प्रशिक्षार्थी हरू एक साथ प्रशिक्षणमा सहभागी हुन सक्ने क्षमता को ४ वटा कोठा सहित २ वटा भवन र तालिम केन्द्रको बाउण्ड्री बाल सहित प्रदेश प्रहरी तालिम केन्द्र राजबिराजकोभवन आज उद्घाटन गरिएको छ ।
प्रतिक्रिया