आमा समूहद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग « Khabarhub

आमा समूहद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई आर्थिक सहयोग गरेको छ । 

समूहको २३औँ वार्षिक साधारणसभा तथा हरितालिका तीजका अवसरमा आयोजित तीज विशेष कार्यक्रममा शुक्रबार चार जना क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको हो । उनीहरूलाई जनही २५ हजार रुपैयाँका दरले एक लाख रुपैयाँ सहयोग गरिएको हो । 

कार्यक्रममा समूहका ज्येष्ठ सदस्य, दश जोड दुई परीक्षा उत्तीर्ण छात्रछात्रा र समूहलाई आर्थिक सहयोग गर्नेलाई सम्मान गरिएको थियो । साधारणसभाले समूहका सचिव सिर्जना खनाल र कोषाध्यक्ष निरमाया क्षेत्रीले प्रस्तुत गरेको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ४३ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले