अलैँचीको निर्यात दोब्बरले बढ्यो « Khabarhub

अलैँचीको निर्यात दोब्बरले बढ्यो


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा ३२ करोड १७ लाख ६१ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । 

गत एक महिनाको अवधिमा २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१/८२ मा १६ करोड १२ लाख ५२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा चिया  निर्यात २६ दशमलव ८० प्रतिशतले घटेको छ । सो अवधिमा ३७ करोड ४८ लाख २४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । 

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५१ करोड २२ लाख ७८ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । 

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट ३० दशमलव ४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अन्य अवशेष सत् प्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी, प्लाइउड ५४ दशमलव १० प्रतिशत, अदुवा ५७ दशमलव ४० प्रतिशत, अम्रिसो शून्य दशमलव ६० प्रतिशतले निर्यातमा कमी आएको छ  । मेची भन्सारबाट आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा तीन अर्ब ६९ करोड ४० लाख २३  हजार रुपैयाँको माल वस्तु निर्यात भएको छ । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : २१ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ