भारतमा अनलाइन जुवा प्रतिबन्ध « Khabarhub

भारतमा अनलाइन जुवा प्रतिबन्ध


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्ण रूपमा प्रतिबन्ध गर्ने कानून पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कपछि आएको हो, जसअनुसार देशभर करिब ४५ करोड मानिसले अनलाइन जुवा खेलेर प्रत्येक वर्ष कूल २.३ अर्ब अमेरिकी डलर गुमाउँदै आएका छन् ।

नयाँ कानूनले तास , पोकर खेलजस्ता अनलाइन प्लेटफर्महरू प्रतिबन्धित गरेको छ ।

‘अनलाइन गेमिङ प्रवद्र्धन तथा नियमन विधेयक’ नामको यो कानून बिहीबार साँझ संसदको दुवै सदनबाट पारित भएको हो । अबदेखि यस्तो जुवा खेल, यसको प्रचार वा वित्तीय लगानी गरेमा पाँच वर्षसम्म कैद सजाय हुनसक्नेछ ।

सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो कानूनले झूटो आशामा प्रयोगकर्तालाई फसाउने, लत लाग्ने, आर्थिक बर्बादी र सामाजिक संकट निम्त्याउने अनलाइन जुवा प्लेटफर्महरू नियन्त्रण गर्ने उद्देश्य राखेको छ ।”

भारतको गेमिङ उद्योग विश्वकै ठूलो बजारमध्ये एक हो, तर नयाँ कानूनले ई–स्पोट्र्स र शैक्षिक खेलहरूलाई भने छुट दिएको छ । सरकारले यस्ता सकारात्मक खेलहरूलाई डिजिटल अर्थतन्त्रको अंगका रूपमा प्रवद्र्धन गर्ने बताएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भने,“नयाँ कानूनले ई–स्पोर्ट्रस र सामाजिक खेलहरूलाई प्रोत्साहन गर्नेछ, तर समाजलाई अनलाइन जुवाका नकारात्मक असरबाट बचाउनेछ ।”

उद्योगसम्बद्ध संघसंस्थाहरूले भने पूर्ण प्रतिबन्धको सट्टा नियमन र कर प्रणालीमार्फत समाधान खोज्न सुझाव दिएका थिए, किनकि प्रतिबन्धले प्रयोगकर्तालाई अवैध विदेशी प्लेटफर्मतर्फ धकेल्न सक्छ भन्ने चिन्ता उनीहरूको थियो ।

तर विधेयक समर्थकहरूका अनुसार सामाजिक मूल्य, मानसिक स्वास्थ्य र आर्थिक क्षतिको कारणले पूर्ण प्रतिबन्ध आवश्यक भएको हो । अधिकारीहरूले अनलाइन जुवाको तीव्र विस्तारले आर्थिक संकट, मानसिक लत र आत्महत्यासम्म निम्त्याएको जनाएका छन् ।

सरकारका अनुसार यस्ता प्लेटफर्महरूलाई ठगी, अवैध पैसाको कारोबार र आतङ्कवादको वित्तीय स्रोतसँग पनि जोडिएको पाइएको छ ।

प्रविधिमन्त्री अश्विनी वैष्णवले भने, “नयाँ कानूनले पैसा खेलिने जुवा र सामाजिक खेलबीच स्पष्ट भेद गर्छ । यसले प्रतिस्पर्धात्मक ई–स्पोर्ट्स र सुरक्षित शैक्षिक तथा सामाजिक डिजिटल खेलहरूलाई प्रोत्साहन गर्छ ।”

सरकारी जानकारीपत्रमा भनिएको छ, “यो कानूनले निर्माणात्मक डिजिटल मनोरञ्जन र ठगीपूर्ण, झुटा नाफा देखाएर प्रयोगकर्तालाई फसाउने अनलाइन जुवा र फ्यान्टासी खेलहरूबीच स्पष्ट छुट्टयाएको छ ।”

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : २० बजे

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५

स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य

प्रधानमन्त्री बालेन्द्रलाई चीनको बधाई, सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं- उत्तरी छिमेकी चीन सरकारले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

भारतीय समकक्षी जयशंकरद्वारा खनाललाई बधाई, सहकार्य सुदृढ बनाउने अपेक्षा

काठमाडौं– भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई