दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो « Khabarhub

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय बिघा जग्गाको धानखेती बाढीको पानीले डुबाएको छ । जलेश्वर–८ को उत्तरपट्टीको वन (नर्रीचौरी) हुँदै पसेको बाढीले नर्रीचौरीका धानखेती डुबाउँदै पूर्वावारी चौरी, दक्षिणवारीचौरी, झरहीचौरी र पछियारीचौरीका केही खेतका धान नष्ट गरेको वडाध्यक्ष विजयकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार वडा नं ८ अन्तर्गत पर्ने रतवारा, रमौल र बजराही गाउँमध्ये सबैभन्दा बढी बजराही गाउँमा करिब एक सय ७० बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । बाढीले रतवारा र रमौल गाउँमा ३० बिघा क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको उनको भनाइ छ ।

लामो समयपछि गत साउन दोस्रो साता परेको पानीले रोपाइँ गरेका बजराहीका किसान रोहित चौधरीले करिब तीन बिघा जग्गाको बाली बाढीले डुबाएर नष्ट गरेको जानकारी दिए।

सोही गाउँका किसान गौरी चौधरीले अचानक वन क्षेत्रमा आएको बाढीले आफ्नो दुई बिघा जग्गाको बाली डुबाएको बताए। महँगो बीउ, मल र मजदुर खोजेर रोपाइँ गरेको बताउँदै किसान हरिश्चन्द्र ठाकुरले बाढीले दुई बिघा क्षेत्रफलको धानबाली नष्ट गरेको भन्दै चिन्ता व्यक्त गरे । किसान प्रेमचन्द्र पाठकले करिब डेढ बिघामा लगाइएको बालीमा बाढी पसेर क्षति गरेको बताए।

उनीहरू जस्तै जानकी ठाकुर, बौएलाल महरा, श्यामबाबु चौधरी, भरत चौधरी, अरविन्द्र साह, मनोज साह, दानी पाठक, आशनारायण मण्डल, दिनेश पाठक, मङ्गल पाठक, मोचन साह, रामजी ठाकुर, जीवछ मण्डललगायत दर्जन बढी किसानले लगाएका धानखेती बाढीले नष्ट पारेको बताएका छन् ।

रतवाराका मोती मण्डल, विकास मण्डल, भजन मण्डल, रमौलका विल्टु यादव, विमल सिंह, भुनेश्वर यादवलगायत किसानद्वारा लगाइएको धानबाली बाढीले डुबाएको भन्दै दुखेसो सुनाए ।

जिल्लाको रातो खोलामा बाँधेर ९थुनेर० राखेको पानीलाई महोत्तरी गाउँपालिका–३ मडै र एकडारा गाउँपालिका–५ कोल्हुवाका स्थानीयले एक साताअघि अचानक बाँध फुटाउँदा उक्त खोलाको पानी बाढी बनेर आएको जलेश्वर–८ का वडाध्यक्ष सिंहले बताए । सोही खोलामा आएको बाढीका कारण यहाँ लगाइएको करिब ८० प्रतिशत धानखेती नष्ट भएको उहाँले जानकारी दिए ।

वडाध्यक्ष सिंहले भने, “किसानको धानबाली डुबेर बढी क्षति भएको छ । अझैसम्म पनि यहाँ पानीको निकाशा भएको छैन । सोही कारणले करिब पाँच महिनासम्म पानी खेतमा जम्ने भएकाले कुनै पनि बाली लगाउन सकिँदैन ।” यसैबीच किसानले तत्काल पानीको निकाशा गरेर किसानलाई राहत उपलब्ध गराउने मागसहित जलेश्वर नगरप्रमुख सुरेश साह सोनारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १० : ५९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौंदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको

वन कार्यालयको स्पष्टीकरण-‘ टेम्पो गुड्ने नभई अतिक्रमणका लागि राखिएको हो’

कैलाली– गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८