आज २०८२ साल असोज ६ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असोज ६ गते सोमबारको राशिफल


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज ६ गते सोमबार। आश्विन शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २२ तारिख । घटस्थापना । नवरात्र आरम्भ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । परिवारका कारण राजनीतिमा भय हुनेछ । जग्गाको कारोबारमा आंशिक लाभ हुनेछ । विदेशमा मन आकर्षित हुनेछ ।

वृष: दिन राम्रो छ । सहकार्यमा सुरुवात गरेमा व्यापारमा लाभ हुनेछ । शिक्षा र स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । विपक्षी शान्त छन् । काम सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । आफ्नो मूल्यांकन आफैं गर्न नसक्दा संकट आइपर्ने छ । बाहिरका साथीको साथ मिल्नेछ । दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ ।

कर्कट: दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

सिंह: दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । विपक्षीले तपाईंको पक्षमा काम गर्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्या: दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि मान र सम्मान बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला: दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा हुनेछन् । गुरुबाट असहयोग हुनेछ । शिक्षाको क्षेत्रमा घाटा हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

वृश्चिक: दिन राम्रो छ । मिहिनेतको फल प्राप्त हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । आम्दानी बढ्नेछ । व्यापारमा नाफा हुने योग छ । शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन् ।

धनु: दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले काम सहजै बन्नेछ । राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ । विपक्षीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर: दिन सामान्य छ । बोल्दा सोच्नुपर्ने दिन छ । विरोधी साथी सक्रिय छन् । लगानीमा घाटा हुनेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधारका संकेत भेटिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

कुम्भ: दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । यात्रामा कठिनाइ आइपर्ने छ । राजनीतिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । औषधी नियमित बन्नेछ । राजनीतिक भयको जोखिम छ ।

मीन: दिन सामान्य राम्रो छ । सोचेको काम सहज बन्नेछ । आफ्नै कारणले साथी टाढिने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । शिक्षामा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ५ : १५ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त