म्याग्दीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष « Khabarhub

म्याग्दीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना भएको छ । स्थल मार्गबाट म्याग्दी भित्रने नाकामा रहेको कालीपुल बसपार्कदेखि म्याग्दीबाट लामो तथा छोटो दूरीका यातायातका साधनहरू सञ्चालन हुन्छन् । 

चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले बसपार्कमा रहेको ट्राफिक कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए । 

चाडपर्वमा सर्वसाधारणसँगै मुस्ताङ जाने आउने तीर्थयात्री तथा पर्यटक र यातायात व्यवसायीलाई सहयोग एवम् सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको उनले बताए । 

सहायता कक्षमा दसैँ, तिहार र छठ पर्वको अवधिभर नियमित रूपमा सुरक्षाकर्मीको उपस्थित हुनेछन् । चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सर्वसाधारण यात्रुलाई सार्वजनिक यातायातका साधनमार्फत यात्रा गर्दा आइपर्ने समस्या हटाउनका लागि मालिका गाउँपालिकाको केन्द्र दरवाङमा पनि सहायता कक्ष सञ्चालन गरिने प्रनाउ थापाले बताए । 

सहायता कक्षको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुरक्षित रूपमा यात्रा गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायी र सुरक्षाकर्मीहरूलाई आग्रह गरे । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल परियारले सहायता कक्ष सञ्चालनका साथै दुर्घटना न्यूनीकरणका लागि नियमित जाँचलाई निरन्तरता दिएको बताए । रासस

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ११ : ३९ बजे

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ