तलेजुलाई दसैँघर भित्र्याएर भक्तपुरमा दसैँ सुरु, सङ्गमेश्वरमा सामूहिक जमरा « Khabarhub

तलेजुलाई दसैँघर भित्र्याएर भक्तपुरमा दसैँ सुरु, सङ्गमेश्वरमा सामूहिक जमरा


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको तलेजु भवानीलाई मूलघर भित्र्याएर दसैँ भित्र्याएको छ । तलेजु मन्दिरबाट आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याएर दसैँ सुरु गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए । सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बलि दिने परम्परा  छ । जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिने परम्परा छ । 

त्यसैगरी घरघरमा जमरा नराख्नेहरूका लागि भन्दै मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीवासीका लागि आज सामूहिक जमरा राखिएको छ । सङ्गम कोलोनीस्थित सङ्गमेश्वर महादेव मन्दिरमा स्थानीयवासीका लागि घटस्थापना गरी सामूहिक जमरा राखिएको सङ्गमेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष मोहनवरसिंह प्रधानले जानकारी दिए ।

उनले घरघरमा जमरा नराख्नेहरूका लागि मन्दिर व्यवस्थापन समितिले जमरा राखिदिएको बताउँदै उहीँबाटै विजयादशमीको दिन घरघरमा जमरा लगेर शुभसाइतमा टीका ग्रहण गर्ने गरेको जानकारी दिए । यो परम्पराले घरघरमा जमरा नराख्नेहरूका लागि निकै सहज व्यवस्थापन भएको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १२ : २० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा