‘जेरी अन टप’को गीतमा आँचलसँग रोमान्टिक अनमोल « Khabarhub

‘जेरी अन टप’को गीतमा आँचलसँग रोमान्टिक अनमोल


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ३१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जेरी अन टप’मा समावेश गीत ‘कस्तुरी’ सार्वजनिक भएको छ । निर्माण पक्षले घटस्थापनाको अवसर पारेर सोमबार गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा नायक अनमोल केसी र नायिका आँचल शर्मा मात्रै फिचर्ड छन् । यस भिडियोलाई निकै सुन्दुर लोकेसनमा कैद गरिएको छ ।

निर्माण पक्षका अनुसार मुस्ताङ र भारतको राजस्थानमा यसको छायाङ्कन गरिएको हो ।

भिडियोमा आँचल र अनमोल प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन् । उनीहरु दुवैलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।

किरण थापाको कोरियोग्राफीमा भिडियो तयार भएको हो ।

गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलले स्वर दिएका छन् । जयन जे वाइबाको शब्द र संगीत रहेको छ ।

‘जेरी अन टप’ सुयोग गुरुङको निर्देशनमा तयार भएको हो । यसमा नायिका जसिता गुरुङ, केदार घिमिरे ‘माग्ने बूढा’, भुवन केसी र उषा खड्कीको पनि अभिनय रहने बताइएको छ ।

नायिका सुरक्षा पन्त पनि यस फिल्ममा विशेष भूमिकामा रहेकी छन् ।

सरोज न्यौपानेको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माताहरु रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी हुन् । कथा हेमराज बीसीको हो ।

गीतको भिडियो :

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  २ : १९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ