‘जेरी अन टप’को गीतमा आँचलसँग रोमान्टिक अनमोल « Khabarhub

‘जेरी अन टप’को गीतमा आँचलसँग रोमान्टिक अनमोल


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ३१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जेरी अन टप’मा समावेश गीत ‘कस्तुरी’ सार्वजनिक भएको छ । निर्माण पक्षले घटस्थापनाको अवसर पारेर सोमबार गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा नायक अनमोल केसी र नायिका आँचल शर्मा मात्रै फिचर्ड छन् । यस भिडियोलाई निकै सुन्दुर लोकेसनमा कैद गरिएको छ ।

निर्माण पक्षका अनुसार मुस्ताङ र भारतको राजस्थानमा यसको छायाङ्कन गरिएको हो ।

भिडियोमा आँचल र अनमोल प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन् । उनीहरु दुवैलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।

किरण थापाको कोरियोग्राफीमा भिडियो तयार भएको हो ।

गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलले स्वर दिएका छन् । जयन जे वाइबाको शब्द र संगीत रहेको छ ।

‘जेरी अन टप’ सुयोग गुरुङको निर्देशनमा तयार भएको हो । यसमा नायिका जसिता गुरुङ, केदार घिमिरे ‘माग्ने बूढा’, भुवन केसी र उषा खड्कीको पनि अभिनय रहने बताइएको छ ।

नायिका सुरक्षा पन्त पनि यस फिल्ममा विशेष भूमिकामा रहेकी छन् ।

सरोज न्यौपानेको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माताहरु रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी हुन् । कथा हेमराज बीसीको हो ।

गीतको भिडियो :

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  २ : १९ बजे

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

काठमाडौं– पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना