किन बाहिरिँदैछिन् दिपिका फिल्मबाट ? « Khabarhub

किन बाहिरिँदैछिन् दिपिका फिल्मबाट ?


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलीवुड अभिनेत्री दीपिका पादुकोण ‘कल्कि २८९८ एडी’ को आगामी सिक्वलमा देखिने छैनन्। तेलगु ब्लकबस्टर फिल्मको पहिलो भागमा महत्वपूर्ण भूमिका निभाएकी दीपिकाको अनुपस्थितिले फ्यानहरूमा निरासा छाएको छ।

निर्देशक नाग अश्विनको निर्देशनमा बनेको ‘कल्कि २८९८ एडी’ लाई निर्माण गर्ने व्यजयंती मुभिजले सामाजिक सञ्जाल प्लेटफर्ममा आधिकारिक पोस्ट गर्दै घोषणा गरेका छन् ‘दीपिका पादुकोण सिक्वलको हिस्सा हुने छैनन्।’ 

‘लामो विचार-विमर्शपछि हामी अलग हुने निर्णयमा पुगेका छौं। पहिलो फिल्मको लामो यात्रापछि पनि हामीसँग सहकार्य सम्भव भएन। कल्कि २८९८ एडी जस्तो फिल्म कमिटमेन्ट र अझ बढीको हकदार छ। हामी दीपिकालाई भविष्यका कामका लागि शुभकामना दिन्छौं’ पोष्टमा लेखिएको छ । 

दीपिकाले पहिलो फिल्ममा सुमति पात्र निभाएकी थिइन्, जो कल्कि पात्रकी आमा हुन्। फिल्ममा उनी गर्भवती महिलाको रूपमा देखिएकी थिइन्, जसको जीवनको रक्षा सुप्रीम यास्किन (कमल हासन) ले गरेको थियो। फिल्मको क्लाइमैक्सको समयमा दीपिका वास्तविक जीवनमा पनि गर्भवती थिइन्। उनले ८ सेप्टेम्बर २०२४ मा आफ्ना पति रणवीर सिंहसँगको छोरी ‘दुआ’लाई जन्म दिइन्।

पहिलो फिल्ममा दीपिकासँग प्रभास र अमिताभ बच्चनले पनि अभिनय गरेका थिए। प्रभासले डबल रोल निभाएका थिए – बाउंटी हंटर र महाभारतका कर्ण।  फिल्म दुई भागमा निर्माण हुने तय भएको थियो, तर अब सिक्वलमा दीपिकाको अनुपस्थितिले कथामा परिवर्तनको सम्भावना देखिएको छ।

दीपिका बाहिरिनुको कारण औपचारिक रूपमा खुलाइएको छैन।  

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ३ : ०८ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट