नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने | Khabarhub Khabarhub

नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ ।

भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै कार्गो सेवा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको हो। 

भारत सरकारको रु १० अर्ब लागतमा मर्मत तथा निर्माण भइ हाल जयनगरवाट जनकपुरहुँदै महोत्तरीको बिजलपुरासम्म यात्रुवाहक रेल्वे सेवा सञ्चालन भइरहेको छ। नेपाल सरकारले भारत सरकारसँग खरिद गरेको दुईवटा इन्जिनसहितको चार-चार वटा वोगीमार्फत यस क्षेत्रका जनतालाई नियमित सेवा प्रदान गर्दै आएको छ ।

यात्री ओसारपसार गरेर रेल्वे सेवालाई व्यावसायिक बनाउन तथा नाफामा लैजाने अवस्था नभएकाले सो कम्पनीले पटक–पटक नेपाल सरकारलाई ध्यान आकर्षण गराउँदै आएको छ । कार्गो रेल्वे सेवा निकट भविष्यमा सञ्चालनमा आउने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले विश्वास व्यक्त गरे ।

अहिलेको रेल्वेमा वोगी थपेर वा नयाँ रेल नै थपेर कार्गो रेल्वे सेवा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । कार्गो रेल्वे सेवा सञ्चालनका लागि महोत्तरीको रामनगर तथा बर्दिवाससम्म रेल्वे सेवा विस्तार गर्न नयाँ स्टेशन निर्माण गर्नेमा  भारतीय पक्ष अग्रसर भएको महाप्रबन्धक झाले बताए।

भारतको कलकत्ता बन्दरगाहदेखि सस्तो दरमा नेपालमा मालसमान ढुवानी गर्न कार्गो रेल्वे सेवा सञ्चालनका लागि पहिलेदेखि यसक्षेत्रका व्यवसायीले माग गर्दै आएको भएपनि हालसम्म सञ्चालन हुन सकेको छैन । 

जनकपुरका व्यवसायी रामनरेश साहले कार्गो रेल्वे सेवा सञ्चालन भएमा मालसमान ढुवानीका लागि सहज तथा सस्तो हुने बताए।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ६ : ०० बजे

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओलीलाई नेताहरूले भने : देउवाले जस्तै राजनीतिक निर्णय गरेर पार्टीबाट बिदा हुनुस्

काठमाडौं – ललितपुरको राजबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरू नेकपा