दुई महिनापछि खुल्यो अरनिको राजमार्ग, आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर « Khabarhub

दुई महिनापछि खुल्यो अरनिको राजमार्ग, आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर



काठमाडौँ- निरन्तर झरिरहेको पहिरोले अवरुद्ध चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।

भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित चार ठाउँमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग सुचारू भएको हो ।

यससँगै दशैँ-तिहारका लागि चीनबाट आउने सामान धेरथोर मात्रामा भए पनि काठमाडौँ भित्रिने आशा बढेको छ। उता रसुवागढी नाकास्थित ल्हेन्दे खोलाले बगाएको पुलमा अझै पनि बेलिब्रिज राख्न सकिएको छैन ।

त्यहीकारण मुस्ताङको कोरला नाका पनि खोलिएको अवस्थामा तातोपानीबाट पनि सामान बोकेका कन्टेनर काठमाडौँतर्फ आउन थालेका छन् ।

सोमबार करिब ५ बजे एकतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएपछि ८/१० वटा सवारीसाधन तातोपानी नाकाबाट नेपाल भित्रिएका छन् ।

१५ सय बढी कन्टेनर अझै चीनतर्फ अड्किएका छन् । गत साउन ७ गते बिहान सडक माथिबाट ठूलो पहिरो खसेदेखि अरनिको राजमार्ग सञ्चालन हुन सकेको छैन ।

सडक खुलाइए पनि जोखिम कायमै रहेकाले क्रमश: सुधार गर्दै लैजाने सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बताएका छन ।

‘कोदारी इकुमा २ सय मिटरमा माथिबाट खसेको पहिरो पन्छाएर ५ बजेयता ८/१० वटा गाडी पास गराउन सक्यौँ, अझै सहज रुपमा वारपार गर्न सक्ने अवस्था बनेको छैन’, उनले भने, ‘१५ वटा टिप्परले ग्राभेल बोकिरहेका छन्, बाँस राखेर माटो अड्याइएको छ । पाइपको सहायताले पानी तर्काएका छौँ । पानी त नपरे पनि सहज भइसकेको छैन । क्रमश: सहज हुन्छ।’

वि.सं. २०७२ को भूकम्पले जमिन नराम्ररी चर्किएको कोदारी क्षेत्रमा जतिपटक सडक खुलाए पनि पहिरो झर्ने समस्या दोहोरिइरहेको छ।

यस्तै पहिरोमाथि बस्ती रहेकाले स्थानीयले निरन्तर विरोध गर्दै आएका छन् । त्यसले पनि दीर्घकालीन रुपमा समाधान गर्न नसकिएको उनी बताउँछन् ।

हाललाई स्थानीयसँग सहमति गरेर सडम सञ्चालनमा ल्याइएको उनले बताएका छन् । ‘अविरल वर्षा र स्थानीयको विरोधले इकुको सबैभन्दा ठूलो पहिरो पन्छाउन सकेका थिएनौँ। अहिले उनीहरूसँग सडक विभागले सम्झौता गरेको छ, अब सहज होला कि ?’, उनले भने ।

सम्झौतामा तत्काललाई भित्तो नकोट्याइ सडक पुरेर खुलाउने उल्लेख छ । कात्तिक मसान्तसम्मा सडक सुधारका लागि ठेक्का आह्वान गरेर असारभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता गरिएको उनले बताएका छन् ।

त्यहाँको पहिरोको दीर्घकालीन समाधानका लागि सडक विभागले भूगर्भविद्हरू खटाएर माटो परीक्षण गरिरहेको छ । भूगर्भविद्हरूले दिएको रिपोर्टका आधारमा दीर्घकालीन समाधान खोजिने सडक विभागका उपमहानिर्देशक प्रभातकुमार झाले खबरहबलाई बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ६ : २५ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन