सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक कार्कीकी छोरीलाई सहयोग « Khabarhub

सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक कार्कीकी छोरीलाई सहयोग


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी सुवास्ना कार्किलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले १५ हजार ५ सय ५५ नगद सहयोग गरेको छ ।

उग्रचण्डी बोर्डिङ स्कुल नाला कोभ्रेमा कक्षा ७ मा अध्धयनरत १३ वर्षीया कार्कीलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट बागमती अध्यक्ष रामहरी नेपालले संयुक्त रुपमा सहयोग रकम प्रदान गरिएको हो । प्रत्येक वर्ष घटस्थापनाका दिन संगठन बागमती प्रदेश कमिटीले मजदुरहरुमाझ सञ्चालन गर्ने उपहार कार्यक्रम मार्फत बचेको रकम मध्येबाट कार्कीको शिक्षाका लागि सहयोग गरिएको संगठन बागमती अध्यक्ष शंकर थापाले जानकारी दिए ।

संगठनका सदस्य सुनिल कार्कीको गत साउन २७ गते भक्तपुर मध्यउपत्यकामा सडक दुर्घटनामा निधन भएको थियो । बुबाको निधन भएको र आमा समेत दोस्रो विवाह गरेर गइसकेकाले उनको शिक्षाका लागि संगठनले सहयोग गरेको र भविष्यमा पनि थप अध्ययनका लागि सहयोग गर्ने अध्यक्ष थापाले बताए ।

मजदुरहरुमाझ सञ्चालित उपहार कार्यक्रम अन्तर्गत प्रथम उपहार १ जनालाई ल्यापटप, बम्पर उपहार ३ जनालाई खसी, दोस्रो उपहार १ जनालाई मोबाइल, तेस्रो उपहार १ जनालाई राइसकुकर, चौथो उपहार १ जनालाई प्रेसर कुकर, पाचौँ उपहार १० जनालाई आइरन, सान्त्वना उपहार १ सय ५० जनालाई भित्तेघडी उपहार वितरण गरिएको संगठनका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज नवराज घिमिरेले जानकारी गराए ।

अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको उपहार वितरण कार्यक्रममा संगठनका केन्द्रीय अध्यष भीमज्वाला राई प्रमुख अतिथि, जिफन्ट बागमती अध्यक्ष रामहरी नेपाल विशेष अतिथि, जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुरकुमार श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य कमल सापकोटा, धनमाया सुनुवारको सहभागीता थियो । कार्यक्रमको सञ्चालन प्रदेश सचिव शिवकुमार श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ३३ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१