सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक कार्कीकी छोरीलाई सहयोग | Khabarhub Khabarhub

सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक कार्कीकी छोरीलाई सहयोग


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी सुवास्ना कार्किलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले १५ हजार ५ सय ५५ नगद सहयोग गरेको छ ।

उग्रचण्डी बोर्डिङ स्कुल नाला कोभ्रेमा कक्षा ७ मा अध्धयनरत १३ वर्षीया कार्कीलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्ट बागमती अध्यक्ष रामहरी नेपालले संयुक्त रुपमा सहयोग रकम प्रदान गरिएको हो । प्रत्येक वर्ष घटस्थापनाका दिन संगठन बागमती प्रदेश कमिटीले मजदुरहरुमाझ सञ्चालन गर्ने उपहार कार्यक्रम मार्फत बचेको रकम मध्येबाट कार्कीको शिक्षाका लागि सहयोग गरिएको संगठन बागमती अध्यक्ष शंकर थापाले जानकारी दिए ।

संगठनका सदस्य सुनिल कार्कीको गत साउन २७ गते भक्तपुर मध्यउपत्यकामा सडक दुर्घटनामा निधन भएको थियो । बुबाको निधन भएको र आमा समेत दोस्रो विवाह गरेर गइसकेकाले उनको शिक्षाका लागि संगठनले सहयोग गरेको र भविष्यमा पनि थप अध्ययनका लागि सहयोग गर्ने अध्यक्ष थापाले बताए ।

मजदुरहरुमाझ सञ्चालित उपहार कार्यक्रम अन्तर्गत प्रथम उपहार १ जनालाई ल्यापटप, बम्पर उपहार ३ जनालाई खसी, दोस्रो उपहार १ जनालाई मोबाइल, तेस्रो उपहार १ जनालाई राइसकुकर, चौथो उपहार १ जनालाई प्रेसर कुकर, पाचौँ उपहार १० जनालाई आइरन, सान्त्वना उपहार १ सय ५० जनालाई भित्तेघडी उपहार वितरण गरिएको संगठनका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज नवराज घिमिरेले जानकारी गराए ।

अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको उपहार वितरण कार्यक्रममा संगठनका केन्द्रीय अध्यष भीमज्वाला राई प्रमुख अतिथि, जिफन्ट बागमती अध्यक्ष रामहरी नेपाल विशेष अतिथि, जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुरकुमार श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य कमल सापकोटा, धनमाया सुनुवारको सहभागीता थियो । कार्यक्रमको सञ्चालन प्रदेश सचिव शिवकुमार श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ३३ बजे

केपी ओली सत्ताबाट हटेसँगै विद्या भण्डारीसँग शेरधनको ‘साउती’

काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा