गड्डाचौकीमा भारतीय गाडीलाई ‘टाइम कार्ड’ « Khabarhub

गड्डाचौकीमा भारतीय गाडीलाई ‘टाइम कार्ड’


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ ।

भन्सार महसुल ऐन,२०८१ को अनुसूची–५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई नजिकको महेन्द्रनगर बजारसम्म आउने–जाने कार्यका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

यस कार्यले सीमा नाका हुँदै आउने भारतीय सवारीसाधनको अभिलेख राख्नुका उनीहरूका गतिविधिबारे अनुगमन गर्न पनि सहज हुने उनले बताए ।

“यस प्रणालीअन्तर्गत सीमा नाका हुँदै आउने भारतीय गाडीलाई समय तोकेर पठाइनेछ । निर्धारित समयभित्र सो गाडी फर्कनुपर्नेछ । निर्धारित समयभित्र नफर्कने गाडी नियन्त्रणमा लिएर कारबाही गरिनेछ”, बोहराले भने।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : २८ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज