कुश्मा-बलेवा जोड्न कालीगण्डकी नदीमा पुल निर्माण सुरु « Khabarhub

कुश्मा-बलेवा जोड्न कालीगण्डकी नदीमा पुल निर्माण सुरु


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदी माथि फेरि झोलुङ्गे पुल निर्माण सुर भएको छ । नदीभन्दा निकै उचाइमा लामा झोलुङ्गे पुलसँगै साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै गएको पर्वतमा फेरि अर्को पुल निर्माण सुरु गरिएको हो । कुश्माबजार र बागलुङको बलेवा जोड्ने पाँचौ पुलको निर्माण आइतबारदेखि सुरु भएको हो ।

कुश्माबजारस्थित वडा नं. ५ मा रहेको आनन्द गुम्बादेखि बागलुङ नगरपालिका वडा नंं १४ नारायणस्थानको कुकुरगाढे जोड्नका लागि चार सय १५ मिटर लामो पुल निर्माण सुरु गरिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

यसअघि कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बन्जी जम्पको पुल र शिर्सुवा–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन् । बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०८३ साल पुस मसान्तसम्ममा पुल निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ ।

पुलका लागि आधारभूत संरचना तयार गर्न तथा संरचना खडा गर्नका लागि व्यवस्थापन गर्नुपर्ने पूर्वतयारी बारेमा निर्माण कम्पनीले अध्ययन सकेर धमाधम निर्माण सुरु भएको छ । अहिले कुश्मातर्फको भागमा जग खन्ने र अन्य पूर्वाधार बनाउने काम भइरहेको उनले बताए ।

संघीय सरकारबाट विनियोजन भएको रु पाँच करोड २६ लाख ८० हजारको लागतमा उक्त पुल निर्माण हुनेछ । बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको ठूलो क्षेत्रफलमा रहेको र यस अगाडि निर्माण भइसकेका पुलहरूबाट सबैले लाभ उठाउन नसकिरहेको बेलामा स्थानीय आवश्यकताका आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताए ।

पुलको नजिकमा ठूलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी करिडोरको तल्लो भूमिमा राम्रो समथर जमिन समेत रहेकाले पनि पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उनको भनाइ छ । बलेवा बिमानस्थल नजिकै जोडिने यो पुलले विमानस्थल सञ्चालनमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको स्थानीय कमल जिसीले बताए ।

“विशेष गरी बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ को मध्य भागमा पर्ने, गाडीको गन्तव्य भएको, कुश्मा बजारको मध्य भागमा जाने भएकाले यो पुल निकै महत्त्वपूर्ण छ”, उनले भने । अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको रु ८५ तिर्ने गरेका छन् भने बञ्जि पुलवाट दुईतर्फी रु १२० लाग्छ । यो पुल निर्माण भएपछि निःशुल्क रुपमा आवतजावत गर्न सकिने भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ११ : ५५ बजे

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा

११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक