भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी « Khabarhub

भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- समयमै सामाजिक सुरक्षा भत्ता वापत्को रकम पाउँदा शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीकी ७३ वर्षीया मनादेवी साउद अत्यन्तै खुसी भएकी छिन् । भत्ताको रकम हातमा परेपछि उनले मीठोमसिनो खाने, नयाँ लुगा किन्ने र छोरीलाई दान दक्षिणा गर्ने योजना बनाएकी छिन् ।

“दसैँमा भत्ता नपाउँदा सरसापट गरेरै मनाएका थियौँ, यो तिहारमा भने नगरपालिकाले बैंक खातामा रकम पठाइदिँदा रमाइलो भयो”, उनले हास्दै भनिन् । सोही वडाका ७५ वर्षीय करवीर साउदले पनि भत्ता रकम पाउँदा सहज महसुस भएको बताए ।

तर, बैंकसम्म पुग्दा भने कठिनाइ झेल्नुपरेको उनको भनाइ छ । “कच्ची सडकमा झण्डै सात किलोमिटरको बाटो अटोको सय रुपैयाँ भाडा तिरेर बैंक पुगे, बैंकमा हुने भिडभाडले पालो पर्खनमै घण्टौँ लाग्छ”, उनले भने, “पहिला झैँ वडामै भत्ता वितरणको व्यवस्था भए अझै सजिलो हुन्थ्यो ।” नगरपालिकाका–११ वटा वडाका ज्येष्ठ नागरिकसहितका लाभग्राहीले भत्ता पाए पनि वडा नं २ का लाभग्राही भने अझै रकम पाउन सकेका छैनन ।

भत्ता पाउने व्यक्तिको विवरण बैंकमा पठाउन छुटेकाले रकम झण्डै रोकिन पुगेको बताइएको छ । वडा नं २ का ७१ वर्षीय धनिराम चौधरी भत्ता पाउने आसमा अटो भाडा तिरेर बैंक पुगेका थिए । तर रकम नपाएपछि उनी रित्तो हात फर्किन बाध्य भए । “छिमेकीबाट अटो भाडा सरसापट गरेर दुवै दम्पती बैंक पुग्यौँ”, उनले भने, “नगरपालिकाबाट समयमै पैसा नपठाउँदा निराश भएर फर्किन बाध्य भयौँ ।”

नगरपालिकाको सूचना प्रविधि शाखाका अधिकृत लोकराज भट्टका अनुसार तिहारलाई लक्षित गर्दै सामाजिक सुरक्षाअन्तर्गतका पाँच हजार २१३ जना लाभग्राहीको भत्ताको रकम बैंक खातामा पठाइएको बताए । उनका अनुसार, लाभग्राहीमध्ये अन्य ज्येष्ठ नागरिक दुई हजार ६५०, ज्येष्ठ दलित २९७, ज्येष्ठ एकल महिला ४३०, विधवा ८७२, पूर्ण अपाङ्गता भएका ११९, अतिअशक्त अपाङ्गता भएका २७४ र दलित बालबालिका ५७१ जना रहेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १२ : ५१ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह