ओलीको टिप्पणी : अचानक पलाएको सरकारका धाक-धम्कीसँग हामी डराउँदैनौँ « Khabarhub

ओलीको टिप्पणी : अचानक पलाएको सरकारका धाक-धम्कीसँग हामी डराउँदैनौँ


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा जलाइएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गर्दै वर्तमान सरकारको कडा आलोचना गरेका छन् ।

आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले अचानक पलाएको अहिलेको सरकारसँग नडराउने बताएका छन्।

उनले बालकोटका दुवै घरलाई सरकारको नाममा गरिसकेको बताउँदै तर अपराधीहरूले जनाएको टिप्पणी गरे ।

सुशीला कार्की नेतृत्वको सरकारबारे बोल्दै उनले जेन-जीलाई उचालेर आफूहरूमाथि कारबाहीको कोसिस भइरहेको पनि बताए ।

‘यो सरकारका मान्छेले तिमीहरू हामीलाई दबाब दिन आओ भनेर जेन-जीलाई बोलाइरहेका छन्,’ उनले भने, ‘यो सरकारले केही नयाँ योजना बनाइरहेको सूचना पाएका छौँ तर हामी डराउनेवाला छैनौँ ।’

अहिले देशमा एमाले मात्रै ज्यूँदो पार्टी रहेको बताउँदै सुशासन कायम गर्ने उल्लेख गरे। ‘एमाले ज्युँदो पार्टी छ, यसले देशमा शान्ति व्यवस्था सुशासन कायम गर्छ, भ्रष्टाचार रोक्छ’, उनले भने, ‘अचानक पलाएको सरकारका धाम-धम्कीसँग हामी डराउँदैनौँ ।’

उनले बालकोटका दुवै घर श्रीमती राधिका शाक्यले ३३ वर्ष राष्ट्र बैंकमा जागिर खाएर बनाएको बताए । ‘हामीले यी घर आफ्नो नामबाट राजीनामा पास गरिदिइसकेका थियौँ । हाम्रो निजी सम्पत्तिका रुपमा यी थिएनन्’, उनले भने, ‘हामी बाँचिञ्जेलसम्म निकाल्न नपाउने गरी बसेका थियौँ । हाम्रो निधनपछि यो सम्पत्ति सार्वजनिक हुन्थ्यो । हामीले यहाँको केही पनि चलाउने गरेका थिएनौँ । जसले क्षति गर्‍यो उसले दण्डित हुनुपर्छ । यो त राज्यको क्षति हो ।’

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १ : २८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र