प्रधानमन्त्रीसँग जेन–जी युवाको भनाभन : बारबरा फाउन्डेसनको बचाउ गरिन्, जनमत संग्रहबारे कुरै सुन्न मानिनन् | Khabarhub Khabarhub

प्रधानमन्त्रीसँग जेन–जी युवाको भनाभन : बारबरा फाउन्डेसनको बचाउ गरिन्, जनमत संग्रहबारे कुरै सुन्न मानिनन्

ओली र लेखकलाई कारबाही गर्दा आफैं असुरक्षित हुने चिन्ता


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारपक्षबीच मंगलबार बालुवाटारमा गम्भीर विवाद भएको कुरा बाहिरिएको छ । यो कुरा मंगलबार बिहान साढे १० बजेदेखि चलेको वार्तामा सहभागीहरूले नै सार्वजनिक गरेका हुन् ।

मंगलबार अपरान्ह दलहरूसँग वार्तामा बस्नुअघि चार घण्टा बढी समय प्रधानमन्त्री कार्कीले जेन–जीको एउटा समूहलाई दिएकी थिइन् । तर उक्त छलफलमा अमेरिकासँग जोडिएको एउटा गैरसरकारी संस्थालाई लिएर दुई पक्षबीचमा गम्भीर मतभेद देखिएको हो ।

भदौ २७ गते गठन भएको अन्तरिम सरकारको एनजीओसँगको सम्बन्ध, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि कारबाही लगायतका विषयमा विवाद भएको कुरा बाहिरिएको हो ।

जेन–जी प्रतिनिधिहरूले सरकार निर्माणको आधार बारबरा फाउन्डेसन भएको आरोप लगाएका थिए । त्यसपछि प्रधानमन्त्री सुशीला कार्की र सञ्चारमन्त्री जगदीश खरेल बचाउमा उत्रिए । एकजना जेन–जी प्रतिनिधिले पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्दा आफूहरू नै असुरक्षित हुने अवस्था बनेको बताएको खुलाएका छन् ।

मंगलबार साँझ प्रधानमन्त्रीसँगको छलफलबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एकजना घाइते जेन–जी प्रतिनिधिले प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलले बारबरा फाउन्डेसनको बचाऊ गर्दै आफूहरूसँग आक्रोश पोखेको खुलाए ।

‘बारबरा एनजीओ–आइएनजिओ भन्ने शब्द बोल्नेबित्तिकै प्रधानमन्त्रीज्यू आक्रोशित हुनुभयो । जगदीश खरेलज्यू अहिले सञ्चारमन्त्री हुनुहुन्छ, उहाँ त झनै तातिनु भयो, उहाँ त हो हो भनेर ब्रिफिङ गर्न थाल्नुभो’, जेन–जी प्रतिनिधिले भने, ‘यति राम्रो ब्रिफिङ गर्नुभो कि हामी त साँच्चिकै बारबरा फाउन्डेशन राम्रो हो भन्ने अवस्थामा पुग्यो । दुवैजनाले उक्त फाउन्डेशनबारे आत्मविश्वाससहित हामीलाई कन्भिन्स गर्न थाल्नुभयो ।’

जेन–जी प्रतिनिधिले सरकारकै नेतृत्वबाट बारबरा फाउन्डेसनबारे आफूहरूलाई पढाउन लागेपछि वातावरण बिग्रेको बताए । त्यसपछि आफूहरू छलफल छाडेर हिँडेको उनीहरूले जानकारी दिए ।

‘त्यसपछि यो त हामीलाई मान्य हुनेवाला छैन, यिनीहरूले गरेका गलतलाई गलत र सहीलाई सही भनिरहेका छौँ, तर एनजीओको बचाउमा उत्रिएपछि हामी त्यहाँबाट निस्क्यौं’, एकजना जेन–जी प्रतिनिधिले भने ।

आफूहरू बाहिर निस्केपछि जेन–जी प्रतिनिधिहरू फागुन २१ गतेको चुनावका लागि सहमत भएको भनेर समाचार आएको उनीहरूले बताए । जुन कुरा आफूहरूलाई मान्य नभएको अडान जेन–जीहरूले राखेका छन् ।

जेन–जीहरूले बैठकमा जनमतसंग्रहको कुरा पनि झिके । त्यस कुरालाई लिएर प्रधानमन्त्री कार्की रिसाएकी थिइन् ।

जनमत संग्रहको कुरा निकाल्नासाथ प्रधानमन्त्री कार्कीले जेन–जीहरूलाई स्वागत नेपालले सिकाएको हो भनेर प्रतिप्रश्नसहित आक्रोश देखाएकी थिइन् ।

जेन–जी आन्दोलनमा घाइते युवाले अहिले कार्यान्वयनमा रहेको संविधान नबदलेसम्म निर्वाचनलाई नमान्ने बताएका थिए । जेन–जी आन्दोलन आगामी ०८४ सालमा हुन लागे चुनाव ०८२ मा सार्न मात्रै नभएको तर्क उनीहरूले गरेका थिए । जेन–जीहरूले देशलाई भ्रष्टाचारमूक्त देश र सुशासनयुक्त बनाउन आन्दोलन भएको बताएका थिए ।

छलफलमा सहभागी भएका जेन–जी प्रतिनिधिले बारबरा फाउन्डेसनको विषय निकाल्दा प्रधानमन्त्री कार्की आक्रोशित भएको भन्दै सरकारको गतिविधिलाई लिएर थप आशंका पैदा भएको प्रतिक्रिया दिएका छन् ।

‘एक्कासि आक्रोशमा आउनु भन्या के हो त कारण ? प्रधानमन्त्रीज्यूको बोली फुट्नु भनेको कारण के हो ? अरु बेलामा सुनेर बस्ने शान्त हुने, तर त्यो कुरा निस्केका बेला आक्रोशित हुनु भनेको त उहाँ त केही न केही त होलानी ?’, ती जेन–जी प्रतिनिधिले भने ।

त्यस्तै, सरकारसँग छलफलपश्चात बाहिरिएका अर्का जेनजी प्रतिनिधिले प्रधानमन्त्रीले यही संविधानअनुसार नै चुनाव हुन्छ भनेर आफूहरूलाई पेलेर पठाएको प्रतिक्रिया दिएका छन् ।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री कारबाहीको प्रसंग उठाउँदा आफूहरूमाथि सुरक्षा थ्रेट आउन सक्ने कुरा गरेको जेनजी प्रतिनिधिले बताएका छन् ।
तिहारपछि मात्रै पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने जवाफ दिएको उनीहरूले बताए ।

‘हो आएको थियो, त्यो चाहिँ प्रधानमन्त्री स्वयम्को मुखबाट आएको हो, यदि त्यसरी गए हामीलाई पनि गाह्रो हुन्छ भन्नु भयो । हामीलाई पनि गोली हान्छन्, यस्तो शब्द पनि उहाँहरूले उच्चरण गर्नुभयो’, जेन–जी प्रतिनिधिले भने, ‘भनेपछि यो संविधानमा हामी सुरक्षित रहेनछौं भन्ने कुरा क्लियर भयौं, अहिले यसरी बोलिरहँदा हामी सुरक्षित छैन कि भन्ने हामीलाई भयो ।’

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १ : ३७ बजे

जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

काठमाडौं- गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह

दिपावलीमा मोदीसँग कुरा गरेपछि ट्रम्पले भने- ‘रुसबाट धेरै तेल नकिन्नू’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र

ल्हेन्दे खोलामा मितेरी पुलको पुनः निर्माण अन्तिम चरणमा

रसुवा- नेपाल–चीनबीच ल्हेन्दे खोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको

राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श गर्दै समाधान खोज्ने प्रयास गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

काठमाडौं- राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले वर्तमान राष्ट्रिय र राजनीतिक परिस्थितिमा

जुम्लामा सम्बन्धविच्छेदका मुद्दा बढे

जुम्ला- सम्बन्धविच्छेदको उजुरी बढेसँगै जुम्लाबासीमा चिन्ता देखिएको छ । संयुक्त