प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाउँदै महानिरीक्षकलाई जेनजी समूहको पत्र, पक्राउ गर्न माग « Khabarhub

प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाउँदै महानिरीक्षकलाई जेनजी समूहको पत्र, पक्राउ गर्न माग


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— जेनजी आन्दोलनसँग आबद्ध रहेको समूहले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध गम्भीर आरोप लगाउँदै कानूनी छानबिनको माग गरेको छ। समूहका तर्फबाट रवि किरण हमालले नेपाल प्रहरीका महानिरीक्षकलाई सम्बोधन गरी मंगलबार एक औपचारिक पत्र बुझाएका छन्।

पत्रमा प्रधानमन्त्री कार्कीले जेनजी विद्रोहका क्रममा युवाहरूको बलिदानको अवमूल्यन गर्दै ‘अवैधानिक तरिकाले सत्ता कब्जा गरेको’ आरोप लगाइएको छ । उनले संविधान र जनताको म्यानडेट विपरीत सत्तामा पुगेको भन्दै उक्त कार्यलाई ‘राष्ट्रघात र कानूनी परम्पराको उल्लङ्घन’ भनिएको छ।

पत्रमा कार्की नेतृत्वको मन्त्रिपरिषदमा ‘भ्रष्टाचार, दातृ निकायसँग अनुचित सम्बन्ध र बलिदानप्रति असंवेदनशीलता देखाउने’ व्यक्तिहरू सामेल रहेको आरोप पनि गरिएको छ । यसबाहेक, आन्दोलनका क्रममा निर्दोष युवामाथि गोली चलाउने र दमनका जिम्मेवार व्यक्तिहरूलाई संरक्षण दिइएको, र त्यस्ता पात्रलाई पुनः सक्रिय राजनीति गराउने काम भएको दाबी पत्रमा गरिएको छ ।

हमालले पत्रमा लेखेका छन्, ‘प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतको प्रमुख न्यायाधीशको रूपमा रहँदा राजनीतिक आस्थाका आधारमा न्यायाधीश नियुक्त गर्ने र न्यायालयको स्वतन्त्रता कमजोर पार्ने कार्य गरेकी थिइन् ।’ समूहले प्रधानमन्त्री कार्कीलाई तत्काल पक्राउ गरी निष्पक्ष, पारदर्शी र सार्वजनिक कानूनी छानबिन गर्न माग गरेको छ । प्रहरी मुख्यालयले भने यसबारे कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  २ : ३९ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी