जुम्लामा सम्बन्धविच्छेदका मुद्दा बढे « Khabarhub

जुम्लामा सम्बन्धविच्छेदका मुद्दा बढे


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जुम्ला- सम्बन्धविच्छेदको उजुरी बढेसँगै जुम्लाबासीमा चिन्ता देखिएको छ । संयुक्त परिवारका रुपमा एकै घरमा तीन–चार पुस्ता रमाउने गरेको जुम्लामा पछिल्ला वर्षमा सम्बन्ध विच्छेदसम्बन्धी उजुरी, मुद्दा मामिला बढेकामा जिल्लावासी चिन्तित देखिन्छन् ।

जिल्ला अदालत जुम्लाका खरिदार हरिकृष्ण तिमिल्सेनाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६९ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फछ्र्योट भई २१ वटा फैसला हुन बाँकी रहेको छ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा ७४ वटा सम्बन्धविच्छेदका उजुरी परेकामा ४८ वटा फछ्र्योट भई २६ वटा फैसला हुन बाँकी रहेको छ ।

यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा सम्बन्धविच्छेदसम्बन्धी ४३ वटा उजुरी परेकामा १५ वटा फछ्र्योट भएको र २८ वटा निर्णय हुन बाँकी रहेको अदालतले जनाएको छ । यसरी अदालतबाट प्राप्त अघिल्लो, गत र चालु आवको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा सम्बन्धविच्छेदका लागि उजुरी दिन आउनेको सङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ ।

घरेलु हिंसासम्बन्धी मुद्दाको हकमा स्थानीय तहको न्यायिक समिति तथा प्रहरी प्रशासनलगायतका सरकारी संयन्त्रमा उजुरी दर्ता गरी मेलमिलाप गर्न सकिने कानुनी व्यवस्था भएको तर ‘सम्बन्धविच्छेद’ सम्बन्धी मुद्दाको टुङ्गो अदालतबाट हुने भएकाले उजुरी दिन आउनेको सङ्ख्या बढेको हुनसक्ने अदालतले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  २ : ५६ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका