ल्हेन्दे खोलामा मितेरी पुलको पुनः निर्माण अन्तिम चरणमा « Khabarhub

ल्हेन्दे खोलामा मितेरी पुलको पुनः निर्माण अन्तिम चरणमा


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रसुवा- नेपाल–चीनबीच ल्हेन्दे खोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ ।

सो स्थानमा रहेको पक्की मोटोरेबल पुल गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि चीन सरकारले पुल निर्माणको पुनःनिर्माण सहयोग गरेको हो । वारीपारीको भाग जडान पूरा हुँदै जाँदा सो बेलिब्रिजको बीच भाग लच्किएपछि यसलाई बलियो बनाउन चिनियाँ प्राविधिकले पुलको आधा भागमा पर्ने गरी खोलाको माझमा थप पिलर उठाउन थालिसकेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले कामको तीव्र हेर्दा यही कात्तिक १५ गतेसम्म मितेरीपुल सञ्चालनमा आउनसक्ने आफ्नो स्थलगत निरीक्षणले आँकलन गरेको बताए । उनले यस सम्बन्धमा सीमाक्षेत्रका समकक्षी चिनियाँ मित्रहरूले सञ्चालनको आधिकारीक जानकारी नदिएको बताए ।

बेलिब्रिजका बीचमा ‘पिलर’ राखी थप बलियो बनाउने काम अगाडि बढेको देखेपछि व्यापार व्यवसाय सहज हुनेमा आफूहरू आशावादी रहेको व्यवसायीहरूले बताएका छन् । पुल निर्माण हुँदासाथ माल सामग्री आयात हुने भएका कारण आयातित माल सामग्रीको छिटोछरितो भन्सार प्रक्रिया पूरा गराउन आफ्ना कर्मचारी तयारी रहेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ३ : ११ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका