कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन « Khabarhub

कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ)- दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा ल्याइएको छ । सिँचाइका लागि निर्माण गरिएको उक्त जलाशयमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले डुङ्गा सञ्चालनमा ल्याइएको हो ।

वडाध्यक्ष हुमकान्त सापकोटाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि डुङ्गा सञ्चालनमा ल्याइएको बताए । “खासगरी यो ड्याम सिँचाइका लागि निर्माण गरिएको हो”, उनले भने, “तर, यसलाई पर्यटनका हिसाबले पनि जोड्न सकिन्छ, भनेर हामीले अहिले डुङ्गा पनि सञ्चालनमा ल्याएका छौँ ।”

यसले स्थानीय युवालाई स्वरोजगार बनाएको उनको भनाइ छ । नजिकै मनकामना मन्दिर रहेकाले मन्दिर दर्शन गर्न आउनेले डुङ्गा पनि सयर गर्न पाउने वडाध्यक्ष सापकोटाले बताए । “नजिकै मन्दिर छ, त्यो मन्दिरमा आउनेहरूले अब डुङ्गा पनि सयर गर्न पाउछन्”, उनले भने, “त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई झनै आकर्षण गराउनेछ ।” उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाले उक्त डुङ्गा उपलब्ध गराएको हो ।

यहाँ विभिन्न प्रजातिका ४० हजार माछाका भुरासमेत राखिएको जनाउँदै वडाध्यक्ष सापकोटाले त्यसले स्थानीयको आम्दानीको स्रोतलाई पनि बढाउने विश्वास व्यक्त गरे । यहाँको बाँझो जग्गामा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले ड्याम बनाएको उनले बताए । ड्याम नहुँदा यहाँका खेतीयोग्य जग्गा बाँझै हुने गरेकामा जलाशय सञ्चालनमा खाएसँगै यहाँका किसानले सहजै बेमौसमी तरकारी उत्पादन गर्न थालेका स्थानीय प्रमोद कँडेलले बताए ।

“ड्याम नहुँदा सिँचाइमा समस्या थियो”, उनले भने, “ड्याममा पानी जम्मा हुन्छ, यसले बाँझो जमिनमा सिँचाइ सुविधा पु¥याइरहेको छ भने डुङ्गा सञ्चालनले आयाआर्जन बढाउने अपेक्षा गरिएको छ ।” यहाँका एक हजार हेक्टरबढी जग्गामा सिँचाइ पुर्‍याएको जनाउँदै वडाध्यक्ष सापकोटाले यसबाट तीन हजार बढी किसान लाभान्वित भएका बताए ।

“यहाँ पहिला सानो पानीको मुहान थियो । त्यहीँ मुहानलाई ड्याम बनाउने स्थानीयको परिकल्पनाअनुसार निर्माण गरिएको हो । यसले पर्यावरणलाई पनि सहयोग पुर्‍याएको छ”, उनले भने ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ३ : ५५ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा