टिकटक स्टार खाबी लेमको मृत्यु भएको हल्ला झुटो « Khabarhub

टिकटक स्टार खाबी लेमको मृत्यु भएको हल्ला झुटो


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालसालै सामाजिक सञ्जालमा विश्वप्रसिद्ध टिकटक स्टार खाबी लेमको “दुर्घटनामा मृत्यु” भएको अफवाह फैलिएको छ । आफ्ना शब्दविहीन हास्य भिडियोहरू र आइकनिक ह्याण्ड–जेस्चरहरूका कारण विश्वभर लोकप्रिय खाबीबारे अक्टोबर २०२५ मा विभिन्न प्लेटफर्महरू फेसबुक, युट्युब र एक्समा उनी कार दुर्घटनामा निधन भएको दाबीसहितका पोस्टहरू तीव्र गतिमा फैलिएका थिए।

केही पोस्टहरूमा त ध्वस्त गाडीका तस्बिरहरू समेत प्रयोग गरिएका थिए, जसले फ्यानहरूबीच ठूलो भ्रम र चिन्ता सिर्जना गर्‍यो । खाबी लेमले दैनिक रूपमा सामाजिक सञ्जालमा अपडेट नगर्ने भएकाले पनि ती अफवाहहरू थप तीव्र गतिमा फैलँदै गयो ।

यो छिट्टै भाइरल भयो । तर, केही घण्टामै अन्तर्राष्ट्रिय तथ्य–जाँच संस्था रोयटर्स र स्नोप्सले ती दाबी झूठो भएको पुष्टि गरेका छन् । कुनै पनि विश्वसनीय समाचार स्रोत वा खाबी लेमका आधिकारिक प्रतिनिधिले यस्तो घटना भएको पुष्टि गरेका छैनन् ।

यी गलत पोस्टहरू प्रायः क्लिकबेट वेबसाइटहरू र फिशिङ लिंकहरूबाट सुरु भएका थिए, जसको उद्देश्य प्रयोगकर्ताबाट डाटा संकलन गर्ने वा भ्युज बढाउने रहेको पाइयो । सेनेगलमा जन्मिएका र इटालीमा हुर्किएका खाबी लेम सन् २०२० मा कोभिड–१९ महामारीका कारण रोजगारी गुमेपछि टिकटकमा सक्रिय बनेका थिए।

उनले शब्दविहीन हाँस्य भिडियोहरू बनाएर विश्वभरका दर्शकहरूको मन जिते र छोटो समयमा नै टिकटकका सबैभन्दा बढी फलोअर भएका व्यक्ति बने। खाबी लेम पूर्ण रूपमा जीवित, स्वस्थ र सक्रिय छन् । अक्टोबरमा फैलिएका उनका दुर्घटनासम्बन्धी अफवाहहरू आधारहीन र झूटो सावित भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ५ : १७ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका