माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड « Khabarhub

माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचन समयमै र ‘जेन-जी’का माग सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन्।

बुधबार धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुक हाल जटिल अवस्थामा रहेको उल्लेख गरे। यसको समाधान निर्वाचन भएको उनले बताए।

माओवादीले विगतदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा उठाउँदै आएको भन्दै उनले जेन-जीको भावना अरुले बुझ्न नसक्ने बताए।

‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा छ, जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्धमा छ, जो समावेशी लोकतन्त्रको विरुद्धमा छ, उनीहरूले जेन-जीको भावनालाई बुझ्न सम्भव छैन,’ उनले भने।

जेन-जीहरूलाई मित्र र बैरी चिन्न पनि प्रचण्डले आग्रह गरे। उनले देशभित्र रहेका सबै वामपन्थी र कम्युनिस्ट दलबीच एकता आवश्यक रहेको औँल्याए।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ८ : १९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र