माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड « Khabarhub

माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचन समयमै र ‘जेन-जी’का माग सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन्।

बुधबार धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुक हाल जटिल अवस्थामा रहेको उल्लेख गरे। यसको समाधान निर्वाचन भएको उनले बताए।

माओवादीले विगतदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा उठाउँदै आएको भन्दै उनले जेन-जीको भावना अरुले बुझ्न नसक्ने बताए।

‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा छ, जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्धमा छ, जो समावेशी लोकतन्त्रको विरुद्धमा छ, उनीहरूले जेन-जीको भावनालाई बुझ्न सम्भव छैन,’ उनले भने।

जेन-जीहरूलाई मित्र र बैरी चिन्न पनि प्रचण्डले आग्रह गरे। उनले देशभित्र रहेका सबै वामपन्थी र कम्युनिस्ट दलबीच एकता आवश्यक रहेको औँल्याए।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ८ : १९ बजे

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ