जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत « Khabarhub

जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता निश्चल बस्नेतले आफूले जेन–जी आन्दोलनका क्रममा ढुंगा हानेको आरोपको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार एक स्टाटस लेख्दै आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गरेका हुन् ।

बस्नेतले लेखेका छन्, ‘मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस, मलाई जे सजाय दिएपनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएँ, स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु।’

उनले आन्दोलनमा गएको र भ्रष्टाचारविरुद्ध आवाज उठाएको कुरा स्वीकार गर्दै भनेका छन्, ‘म आन्दोलनमा गएको हो । भ्रष्टाचारको विरोध गरेको हो । मसंग फोटो र भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन्।’

बस्नेतले केही व्यक्तिहरूले भिडियोमा आफ्ना अनुकूल क्याप्शन राखेर गलत सन्देश फैलाउने प्रयास गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ८ : २२ बजे

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको