नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू) « Khabarhub

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने म्हपूजा आज विधिवत् रूप मनाइएको छ ।

नेपालभाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ त्यसकारण पनि मह पूजा भन्नेले आफ्नो शरीरको पूजा भन्ने अर्थ लाग्दछ ।
त्यसैले आफ्नो शरीरलाई आफैले पूजा गर्ने संस्कृति नै म्हपूजा हो र कसैले यसलाई आत्माको पूजा पनि भन्ने गर्दछन् ।

मध्यपुर थिमिको धर्मसुन्दर बज्राचार्यका अनुसार म्हपूजा दिन आफ्नो शरीरको पूजामात्र नगरिने उनले जानकारी दिए, दैनिक जीवनमा प्रयोग हुने घरायसी सामग्रीहरु कुचो, गाग्री, नाङ्लो लगायतका सामग्रीको पनि पूजा गरिने प्रचलन रहेको जानकारी दिए ।

म्हपूजा गर्दा सर्वप्रथम आफू बस्ने आसनको अगाडि एउटा मन्दः (मण्डल) बनाउने गरिन्छ । व्यक्तिको प्रतीकको रूपमा मन्दः
बनाउने र व्यक्तिलाई गरिने सम्पूर्ण पूजाहरू सोही मन्दःमा गरिने गरिन्छ ।

मन्दः बनाउँदा त्यसमा जीवनका विभिन्न अवस्थाहरूको प्रतीक स्वरुप पानीको चक्का, तेलको चक्का बनाई त्यसमा म्हपूजा गर्दा मानिसको जीवनमा अन्धकार नाश होस् भनी लामो इताः मत बाल्ने गरिन्छ जसलाई खेलुइताः भनिन्छ । त्यस्तै नेवार समुदायका बौद्ध धर्मालम्बीहरुले विशेष स्वस्ती पाठ गर्ने चलन पनि रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १० : ०४ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२