मन्त्री घिसिङले लिए बागमतीको ढल व्यवस्थापनबारे जानकारी « Khabarhub

मन्त्री घिसिङले लिए बागमतीको ढल व्यवस्थापनबारे जानकारी


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइका विषयमा जानकारी लिएका छन् । 

मन्त्री घिसिङले शनिबार बागमती नदी करिडोरअन्तर्गत गुहेश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गर्दै सरसफाइका विषयमा जानकारी लिएका हुन् । 

जम्बुडाँडा क्षेत्रमा ढल जाम हुँदा नदीमा मिसिएको छ भने सडक पनि बिग्रिएको छ । ढल तथा सडक मर्मतका लागि ठेक्का लगाइएको भएपनि काम सन्तोषजनक नदेखिएपछि मन्त्री घिसिङले एक महिनाभित्र सक्ने गरी जनशक्ति थप गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।

नदी सफा भएमा मात्र शहर सफा हुने भन्दै उहाँले बागमतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर हटाउने काम उच्च प्राथमिकतामा राखी सोही बमोजिम काम अगाडि बढाइएको बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : ०९ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल