ताइवानद्वारा चीनमा विकसित एआई सिस्टमको प्रयोगमाथि प्रतिबन्ध « Khabarhub

ताइवानद्वारा चीनमा विकसित एआई सिस्टमको प्रयोगमाथि प्रतिबन्ध


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानले चीनमा विकसित आर्टिफिसियल इन्टिलिजेन्स सिस्टमको प्रयोगमाथि प्रतिबन्धको घोषणा गरेको छ । यससँगै अब ताइवानका सरकारी निकायहरुमा चीनमा विकसित भएका एआई सिस्ट प्रयोग गर्न पाइने छैन ।

चीनबाट उत्पन्न हुने साइबर सुरक्षाको जोखिम र मिथ्या सूचनाको प्रवाह रोक्नका लागि यस्तो घोषणा गरिएको ताइपेई टाइम्सले जनाएको छ । यसबारे ताइवानकी डिजिटल मामिलासम्बन्धी उपमन्त्री इसाबेल होउले औपचारिक घोषणा गरेकी हुन् ।

टाइमसका अनुसार ताइवानको राष्ट्रिय सुरक्षा ब्यूरोले चिनियाँ एआई मोडलहरुबाट उल्लेख्य सुरक्षा जोखिम रहेको पत्ता लगाएको थियो । यसरी सुरक्षा जोखिम उत्पन्न गर्ने चिनियाँ एआई मोडलमा डिपसिक, डोओबाओ, यियान, टोङ्ग्यी र युआनबाओ छन् ।

यस्ता एआई मोडलले चिनियाँ कम्युनिष्ट पार्टीको समर्थन गर्दै सूचना प्रवाह गर्ने जनाइएको छ । समाचारमा जनाइए अनुसार यी मोडलहरुले ऐतिहासिक तथ्यलाई तोडमोड गर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार गर्ने, राजनीतिक हिसाबमा निश्चित भाष्यलाई प्रोत्साहन गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : २८ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका