आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर २२ तारिख । पौष शुक्ल पक्षको द्वितिया उपरान्त तृतिया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको नतिजा राम्रो प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

वृष : शुभग्रहको बहुमत रहेको छ । सानो कुरा भए पनि दान गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ । विपक्षी शान्त भएकाले सोचेको काम गर्दा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : बन्धुसँगको कारोबारबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । परिवारको सुझाव अनुसार अगाडि बढेमा उत्साह बढ्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।

कर्कट : दिन सहज छ । आज गरेका काम दीर्घकालसम्म रहनेछन् । काम गर्दा सचेत बन्नुपर्ने आवश्यकता देखिन्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यमा सेवाको अवसर मिल्नेछ । परिवारमा उत्साह थपिने दिन छ ।

सिंह : स्वास्थ्यमा सुधार हुनेछ । अचानक नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । परिवारबाट विश्वासघात हुने जोखिम रहेको छ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । विदेशमा गरेको लगानीप्रति आकर्षण बढ्नेछ ।

कन्या : दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । सानो कुराले मनमा खटपटी भए पनि गुरुसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । घुम्ने अवसर प्राप्त होला ।

तुला : आम्दानी बढ्नेछ । साना कुरामा अल्झिनुभन्दा महत्त्वपूर्ण कामलाई अगाडि बढाउँदा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : शुभग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ । दाजुभाइसँगको सहकार्यले उन्नति हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ । परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्ने दिन छ ।

धनु : दिन राम्रो छ । धन आर्जन गर्ने समय आएको छ । सरकारी काममा भन्दा निजी तरिकाले अगाडि बढ्नु राम्रो हुनेछ । कुनै सरकारी पदमा भए बढुवा हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीसँगको भेटले मन शान्त बन्नेछ ।

मकर : दिन सामान्य छ । साथीभाइले आक्रामण गर्ने जोखिम छ । सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ ।

कुम्भ : शुभग्रहको पहुँचले काम बन्नेछ । धार्मिक अभियान्तासँगको परामर्श फलदायी हुनेछ । रोगको जोखिम बढ्नेछ । साथीभाइको भने साथ र सहयोग मिल्ने योग छ ।

मीन : सोचेको काम बन्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । मनमा झन्झट बढ्नेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : १३ बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा