सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस् « Khabarhub

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का जेन-जी मिराज ढुंगाना र जेनजी अगुवा सुदन गुरुलाई संसद पुनस्थापना र सर्वपक्षीय सरकारको माग गर्दै नहिँड्न कडा चेतावनी दिएकी छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिएकी हुन् ।

‘चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्’, उनले भनेकी छन्, ‘भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईँले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।’

उनले हाम्रो राजनीतिक कोर्स धेरै अगाडि बढिसकेकाले अब पश्चगामी बाटोतर्फ नगई नयाँ जनादेशलाई लिएर अगाडि बढ्न सुझाएकी छन् ।

उनले अब नयाँ संसदमार्फत् मुलुकलाई निकास दिनुपर्ने त्यहीबाट माग सम्बोधनको बाटो खोज्नुपर्नेमा जोड दिएकी छन् ।

‘जेन–जी मित्र र जेन जीका दाई दुवैलाई भन्न चाहन्छु, तपाईंहरू दुबैले जुन संसद पुनस्थापना को कुरा गरिरहनु भएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ’, उनले भनेकी छन्, ‘अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसद मार्फत मुलुकलाई निकास दिदै, हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ ।’

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : २५ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध