महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न « Khabarhub

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् ।

एघारौँ महाधिवेशनबाट निर्वाचित सचिव महेश बस्नेतलाई सिंहदरबारको बैठकमा पठाएर राजनीतिक सन्देश दिएका ओलीले महाराजगञ्ज जाँदा पनि महासचिव शंकर पोखरेल साथमा देखिए ।

कांग्रेस र एमालेका बहुमत अर्थात् १३९ जना सांसदले भदौ २७ गते विघटित प्रतिनिधिसभा फर्काउन सर्वोच्च अदालतमा रिट निवेदन दिँदै गर्दा दुई शीर्ष नेताको भेटलाई अर्थपूर्ण मानिएको छ।

जेन-जीहरूविरुद्ध कडा र आक्रमक अभिव्यक्ति दिँदै आएका बस्नेतलाई सिंहदरबार पठाएर ओलीले आफूलाई स्थान हद गरेको सरकारले फागुन २१ गते चुनाव गर्न नसक्ने जनाउ गरेका छन् ।

बस्नेतले सिंहदरबारमा गत भदौ २३ गते घाइते भएकाहरूले अझै उपचार नपाएको र भदौ २४ गते विध्वंश गरिएका सरकारी तथा निजी संरचनाको पुनर्निर्माणको अवस्था अन्योलमै रहेको बताए। ‘जलेका संरचना टुलुटुलु हेर्दै हामी चुनावमा जाने हो?’ उनले प्रश्न गरे।

आफ्नै अनुभव सुनाउँदै बस्नेतले आफ्नो घरसमेत जलाइएकाले अहिले भाडाको घरमा बस्नुपरेको बताए। ‘म मेरो जलेको घर हेर्दै निर्वाचन प्रचारमा जानुपर्ने हो? राज्यका संरचना जलेको हेरेर चुनाव सम्भव छ?’ उनले भने।

बस्नेतले सरकारविरुद्ध आक्रमक भनाइ राखिरहेका बेला देउवा र ओलीबीच वार्ता भइरहेको छ। यी दुई दलले संसद् पुनर्स्थापना गरेर संविधान संशोधनमार्फत् देशलाई अघि बढाउनुपर्ने पक्षमा आफूलाई उभ्याएका छन् ।

यसअघि गत मंसिर १९ गते भएको यी दुई नेताको पहिलो भेटमा पनि संसद् पुनर्स्थापनातिर जानुपर्ने सहमति भएको थियो ।ओलीसँग भेटेलगत्तै देउवाले आफ्ना ८ सांसदलाई रिट हाल्न सर्वोच्च पठाएका थिए । सोमबार मात्रै कांग्रेसका ६८ जना सांसद सर्वोच्च जाँदैछन् ।

कांग्रेसका ६८, एमालेका ७८, नाउपा र लोसपाकासहित सांसद जुटाउँदा १४५ भन्दा धेरै सांसदहरू संसद् पुनर्स्थापनका लागि हस्ताक्षरसहित सर्वोच्च पुग्दैछन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : ५९ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई