प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ « Khabarhub

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको पक्षमा रहेको बताएकी छन्। सिंहदरबारमा सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा लिनुपर्ने धारणा राखेकी छन्।

प्रधानमन्त्री कार्कीले दलहरू र जेनजी प्रतिनिधिको कुरा सुनेपछि भनिन्, ‘कुन दललाई के कुरामा चित्त बुझेको छैन, त्यो आआफ्नो कुरा हो। तर यो देशको सर्वेसर्वा जनता नै हुन्। राजनीतिक दलहरू जनताको सेवक हुन्। अहिले जनताको माग के छ ? जनतामा कस्तो प्रभाव परेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ।’

उनले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर कोही पनि सफल नहुने बताउँदै जनताको मागअनुसार दलहरू सच्चिनुपर्ने वकालत गरिन्।

विगतका कमजोरीका कारण भदौ २३ र २४ गते आन्दोलन भएको उल्लेख गर्दै प्रधानमन्त्रीले जेन‍-जी र राजनीतिक दल दुवै पक्षबाट सरकारमाथि निरन्तर आक्षेप आइरहेको गुनासो गरिन्।

भदौ २३ र २४ गतेका घटनाको आवेग अहिले सरकारले झेलिरहेको कार्कीले बताएकी छन् । ‘यो देशका सर्वेसर्वा जनता जनार्दन हुन्। राजनीतिक दलहरू जनताको सेवाका लागि हुन्’, उनले भनिन्, ‘आफ्नो भागबण्डा नमिलेको आवेग जनतामाथि खन्याउनु हुँदैन। जनताले परिवर्तन खोजेका छन् भने दलहरू पनि सच्चिनुपर्छ।’

उनले हिजोका त्रुटि र गल्ती अब सुधारेर जानुपर्नेमा जोड दिइन । ‘हिजो जे त्रुटि भए, जे गल्ती भए र जसको परिणाम भदौ २३ र २४ का घटनामा देखियो, त्यसको आवेग आज हामीले सहिरहेका छौँ’, उनले थपिन्, ‘जेन-जी र राजनीतिक दल दुवैबाट आलोचना भइरहे पनि हामी अचानो होइनौँ। मुलुकको निम्ति आएका सबै आक्षेप सहन तयार छौँ।’

प्रधानमन्त्री कार्कीले आफूहरू जेन-जीको रगतमा रमाउन सरकारमा नआएको स्पष्ट पारिन्। सबैलाई निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गर्दै उनले सबै राजनीतिक दल एकताबद्ध भएर शान्ति चाहने हो भने कसैले पनि अशान्ति फैलाउन नसक्ने बताइन्।

जेन-जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले सुशासन र निर्वाचनलाई मुख्य एजेन्डा बनाएर काम गरिरहेको बताउँदै आएकी छन्।

आगामी फागुन २१ गते हुने गरि तय गरिएको निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक रहेको पनि उनले बताएकी छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : १७ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म