प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ « Khabarhub

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको पक्षमा रहेको बताएकी छन्। सिंहदरबारमा सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा लिनुपर्ने धारणा राखेकी छन्।

प्रधानमन्त्री कार्कीले दलहरू र जेनजी प्रतिनिधिको कुरा सुनेपछि भनिन्, ‘कुन दललाई के कुरामा चित्त बुझेको छैन, त्यो आआफ्नो कुरा हो। तर यो देशको सर्वेसर्वा जनता नै हुन्। राजनीतिक दलहरू जनताको सेवक हुन्। अहिले जनताको माग के छ ? जनतामा कस्तो प्रभाव परेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ।’

उनले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर कोही पनि सफल नहुने बताउँदै जनताको मागअनुसार दलहरू सच्चिनुपर्ने वकालत गरिन्।

विगतका कमजोरीका कारण भदौ २३ र २४ गते आन्दोलन भएको उल्लेख गर्दै प्रधानमन्त्रीले जेन‍-जी र राजनीतिक दल दुवै पक्षबाट सरकारमाथि निरन्तर आक्षेप आइरहेको गुनासो गरिन्।

भदौ २३ र २४ गतेका घटनाको आवेग अहिले सरकारले झेलिरहेको कार्कीले बताएकी छन् । ‘यो देशका सर्वेसर्वा जनता जनार्दन हुन्। राजनीतिक दलहरू जनताको सेवाका लागि हुन्’, उनले भनिन्, ‘आफ्नो भागबण्डा नमिलेको आवेग जनतामाथि खन्याउनु हुँदैन। जनताले परिवर्तन खोजेका छन् भने दलहरू पनि सच्चिनुपर्छ।’

उनले हिजोका त्रुटि र गल्ती अब सुधारेर जानुपर्नेमा जोड दिइन । ‘हिजो जे त्रुटि भए, जे गल्ती भए र जसको परिणाम भदौ २३ र २४ का घटनामा देखियो, त्यसको आवेग आज हामीले सहिरहेका छौँ’, उनले थपिन्, ‘जेन-जी र राजनीतिक दल दुवैबाट आलोचना भइरहे पनि हामी अचानो होइनौँ। मुलुकको निम्ति आएका सबै आक्षेप सहन तयार छौँ।’

प्रधानमन्त्री कार्कीले आफूहरू जेन-जीको रगतमा रमाउन सरकारमा नआएको स्पष्ट पारिन्। सबैलाई निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गर्दै उनले सबै राजनीतिक दल एकताबद्ध भएर शान्ति चाहने हो भने कसैले पनि अशान्ति फैलाउन नसक्ने बताइन्।

जेन-जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले सुशासन र निर्वाचनलाई मुख्य एजेन्डा बनाएर काम गरिरहेको बताउँदै आएकी छन्।

आगामी फागुन २१ गते हुने गरि तय गरिएको निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक रहेको पनि उनले बताएकी छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : १७ बजे

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर