रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री  « Khabarhub

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग गरिने सामग्री उपलब्ध गराएको छ । 

आज चन्द्रनिगाहपुरमा ग्रामीण विकास केन्द्र नामक संस्थाले ११ वटा सामुदायिक वन उपभोक्ता समूहहरूलाई ती सामग्री हस्तान्तरण गरेको हो ।

जलवायु जोखिम तथा सङ्कटका लागि सामुदायिक उत्थानशील परियोजनाअन्तर्गत अक्सफाम नेपालको सहयोगमा ती सामुदायिक वन उपभोक्ता समूहहरूलाई आगो निभाउने सामग्री हस्तान्तरण गरिएको आयोजक ग्रामीण विकास केन्द्रका अध्यक्ष डा पारस हुसेनले जानकारी दिए । 

प्रत्येक सामुदायिक वन उपभोक्ता समूहहरूलाई बेल्चा, टर्च, भ्याटभ्याटे, रेक, बाल्टिन, हेल्मेट, पञ्जा, ट्रक पेटी गरी करिब ५० हजार मूल्य बराबरको सामान हस्तान्तरण गरेको जलवायु जोखिमका लागि सामुदायिक उत्थानशील परियोजनाका कार्यक्रम संयोजक चिरञ्जिबी महतोले जानकारी दिए  ।

सामग्री बुझ्दै सखुवानी सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–२ का अध्यक्ष भीमबहादुर केसीले आफ्नो वन क्षेत्रमा लागेको आगो निभाउन यी सामग्रीले ठूलो सहयोग पुग्ने बताए । 

चैत वैशाखमा सामुदायिक वनहरूमा डढेलो लाग्ने भएकाले अहिले नै पूर्वतयारीका रुपमा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।रासस

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : २० बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल