रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री  « Khabarhub

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग गरिने सामग्री उपलब्ध गराएको छ । 

आज चन्द्रनिगाहपुरमा ग्रामीण विकास केन्द्र नामक संस्थाले ११ वटा सामुदायिक वन उपभोक्ता समूहहरूलाई ती सामग्री हस्तान्तरण गरेको हो ।

जलवायु जोखिम तथा सङ्कटका लागि सामुदायिक उत्थानशील परियोजनाअन्तर्गत अक्सफाम नेपालको सहयोगमा ती सामुदायिक वन उपभोक्ता समूहहरूलाई आगो निभाउने सामग्री हस्तान्तरण गरिएको आयोजक ग्रामीण विकास केन्द्रका अध्यक्ष डा पारस हुसेनले जानकारी दिए । 

प्रत्येक सामुदायिक वन उपभोक्ता समूहहरूलाई बेल्चा, टर्च, भ्याटभ्याटे, रेक, बाल्टिन, हेल्मेट, पञ्जा, ट्रक पेटी गरी करिब ५० हजार मूल्य बराबरको सामान हस्तान्तरण गरेको जलवायु जोखिमका लागि सामुदायिक उत्थानशील परियोजनाका कार्यक्रम संयोजक चिरञ्जिबी महतोले जानकारी दिए  ।

सामग्री बुझ्दै सखुवानी सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–२ का अध्यक्ष भीमबहादुर केसीले आफ्नो वन क्षेत्रमा लागेको आगो निभाउन यी सामग्रीले ठूलो सहयोग पुग्ने बताए । 

चैत वैशाखमा सामुदायिक वनहरूमा डढेलो लाग्ने भएकाले अहिले नै पूर्वतयारीका रुपमा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।रासस

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : २० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना