हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन « Khabarhub

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन गरेको आरोपमा उपाध्यक्ष मित्र परियारलाई पदबाट निलम्बन गरेका छन् ।

बुटवलमा गत शनिबारआयोजित आमसभामा परियारले पार्टीको आचारसंहिताविपरीत अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनलाई निलम्बन गरिएको अध्यक्ष राईले बताएका छन् ।

पार्टीले जारी गरेको विज्ञप्ती अनुसार, मित्र परियारले पार्टीका जिल्ला सहसंयोजक केशव न्यौपानेलाई पनि आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेका थिए। यस प्रकारको व्यवहारलाई पार्टीले अस्वीकार गर्दै अनुशासनहीन कार्यकर्ताहरूमाथि कडा कारवाही गरिने विज्ञप्तीमा उल्लेख छ ।

‘श्रम संस्कृति पार्टीमा सबै सदस्य श्रमदातै हुन्। कोही नेता वा कार्यकर्ताले ‘केन्द्र समितिको हुँ’ भन्दै अन्य सदस्यलाई अपमान गर्ने प्रयास गरेमा त्यस्तो अभिव्यक्तिका लागि तुरुन्त कारवाही गरिने छ’ विज्ञप्तीमा उल्लेख छ ।

पार्टीले यस घटनाबाट सबै सदस्यहरूलाई अनुशासन र मर्यादाप्रति सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : १६ बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा