यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी « Khabarhub

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’अनिवार्य लागू गर्न निर्देशन दिएको छ।

आज सूचना प्रकाशित गरी विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली विकास गरेको र यही पुस १७ (सन् २०२६ जनवरी १) देखि अनिवार्य रुपमा कार्यान्वयन गर्ने जनाएको छ।

विभागका अनुसार यस प्रणालीलाई पहिलो चरणमा पुस १७ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ भने दोस्रो चरणमा फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने कार्ययोजना रहेको छ।

यस सूचना प्रणालीको कार्यान्वयनको प्रभावकारीताका लागि विदेशी नागरिकहरुलाई सेवा प्रदान गर्ने सबै निकायहरु प्रणालीमा दर्ता हुनुपर्छ। यो प्रणाली कार्यान्वयनको लागि छोटो अवधी मात्र बाँकी रहेको र हालसम्म प्रणालीमा आबद्ध भएका निकायहरुको संख्या न्यून रहेको देखिएकोले यथाशीघ्र आबद्धताको लागि अनुरोध गरिएको छ।

पहिलो चरणमा उपत्यकाका तारे होटेलहरुमा अनिवार्य लागू गर्ने भए तापनि विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवम् निजी कम्पनीहरु अग्रीम रुपमा यस प्रणालीमा आबद्ध हुन सकिने विभागले जनाएको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : १८ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको