इंग्ल्याण्डविरुद्धको पहिलो टी-२०मा भारतको सहज जित : अभिषेकले बनाए ७९ रन « Khabarhub

इंग्ल्याण्डविरुद्धको पहिलो टी-२०मा भारतको सहज जित : अभिषेकले बनाए ७९ रन


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

इडेन गार्डेन – भारतले इंग्ल्याण्डसँगको पहिलो टी-२० खेलमा तीन विकेटको सहज जित हात पारेको छ। इंग्ल्याण्डले दिएको १३३ रनको लक्ष्य भारतले १२ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हो।

भारतका लागि अभिषेक शर्माले ३४ बलमा ७९ रन प्रहार गरे। उनले ५ चौका र ८ छक्का प्रहार गरे इंग्ल्याण्डका जोफ्रा आर्चरले सानदार बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चिँदै २ विकेट लिए।

सञ्जु सामसनले २६ तथा तिलक वर्माले १९ रनको योगदान गरे। इडेन गार्डेन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले अन्तिम बलमा सबै विकेट गुमाउँदै १३२ रन जोडेको हो।

इंग्ल्याण्डका कप्तान जोस बटलरले ४४ बलमा ६८ रनको योगदान गरे। उनले ८ चौका र २ छक्का प्रहार गरे। भारतका लागि म्यान अफ द म्याच समेत घोषित वरुण चक्रवर्तीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए।

हार्दिक पाण्डे, अक्षर पटेल र आर्शदीप सिंहले समान दुईदुई विकेट लिए। सो खेलमा भारतले आर्शदीप बाहेक दोस्रो विशेषज्ञ सिमरलाई टोलीमा समावेश गरेको थिएन। अलराउण्डर पाण्डेले ४ ओभर बलिङ गरे भने पटेल चक्रवर्तीको साथमा रवि विस्नोइले पनि पुरा ओभर बलिङ गरे।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ५ : २९ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ