स्याङ्जामा १४ वटा शीत भण्डार निर्माण « Khabarhub

स्याङ्जामा १४ वटा शीत भण्डार निर्माण


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वालिङ – स्याङ्जामा शीत भण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमाभन्दा केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीत भण्डार स्थापना गरिएको हो ।

विशेष गरी जिल्लामा धेरैमात्रामा उत्पादन हुने सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीत भण्डारले सहज भएको हो ।

स्याङ्जाका एघार स्थानीय तहमध्ये हाल आठ स्थानीय तहमा १४ शीत भण्डार निर्माण भएका कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए। उनका अनुसार विभिन्न क्षमतामा १४ वटा शीत भण्डार निर्माण भएपनि हाल १० वटा सञ्चालनमा रहेका छन् ।

‘केन्द्र, प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा स्याङ्जाका विभिन्न स्थानीय तहमा शीत भण्डार निर्माण भएका छन्’ उनले भने, ‘यहाँ सञ्चालनमा रहेका शीत भण्डारमा कृषिजन्य उत्पादनको भण्डारणमा सहज भएको छ ।’

जिल्लामा शीत भण्डार नहुँदाको बखतमा यसअघि भैरहवा, पोखरालगायतका ठाउँमा रहेका शीत भण्डारमा विशेष गरी सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारण गर्नुपर्ने बाध्यता रहेको थियो ।

स्याङ्जाको वालिङ नगरपालिकामा तीन, गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिकामा दुई-दुई वटा, आँधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, चापाकोट नगरपालिकामा एक÷एक वटा शीत भण्डार रहेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैंसीडाँडामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको स्याङ्जा शीत भण्डार स्थापना भई सञ्चालनमा आएको छ । उक्त शीत भण्डारको क्षमता एक हजार दुई सय मेट्रिकटन रहेको छ ।

जिल्लामा हाल सञ्चालनमा रहेका १० वटा शीत भण्डारमा कुल दुई हजार १०० मेट्रिकटन कृषिजन्य उत्पादन भण्डारण गर्न सकिने उनले बताए ।

‘अहिलेको समय जिल्लामा अधिक मात्रामा उत्पादन हुने सुन्तला तथा केहीमात्रामा आलु भण्डारण गरिएको छ’ उनले भने, ‘सुन्तला शीत भण्डारबाट निकालेपछि प्रायः सबैजसोमा आलु भण्डारण हुन्छ ।’

यहाँ उत्पादन भएको बीउ आलु भण्डारण गर्न भैरहवालगायतका ठाउँमा लैजाँदै आएकोमा गाउँमै शीत भण्डार स्थापना भएसँगै सहज भएको गल्याङ ११ जिमुहाँका अगुवा कृषक रुमलाल कँडेलले बताए।

टाढा लैजानुपर्दा ढुवानी धेरै लाग्ने र समय पनि उत्तिकै धेरै लाग्ने गरेकोमा गाउँमै शीत भण्डार सञ्चालनमा आएपछि लागत कम लाग्ने गरेको उनले बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  २ : २२ बजे

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले