प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो « Khabarhub

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर चारको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले घरेलु टोली सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको छ ।

त्रिभुवन आर्मी क्लबले दिएको एक सय ११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमलले पूरा निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा ९६ रन मात्रै समेटिए । उसका लागि मनिसा बोहराले १८, कविता कुँवरले १६ र कप्तान विन्दु रावलले ११ रन बनाए पनि अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आर्मीका लागि बलिङ सुस्मिता भुसालले तीन विकेट हात पारिन् । यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको आर्मीले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १० रन बनायो । जसमा सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै ७४ रनमा नटआउट रहिन् । सम्झना प्लेयर अफ द म्याच समेत चुनिइन् ।

सुदूरपश्चिमका लागि जानकी थापाले २ विकेट हात पारिन् । आजको हारसँगै सुदूरपश्चिमलाई फाइनल पुग्न अझ कठिन भएको छ । आजै सम्पन्न सुपर फोरको पहिलो खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गर्दै फाइनलको यात्रा बलियो बनाएको छ ।

माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा माघ १२ गते सम्पन्न हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।

प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई रु २५ हजारका दरे पुरस्कार दिइनेछ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ९ : २६ बजे

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं– काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी

सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन,

सात तले घरको खोलातर्फको भाग भत्काएर फर्कियो डोजर (तस्बिरहरू) 

काठमाडौं– अनामनगरस्थित सात तले घरमा चलेको डोजर पुरा घर नभत्काई

धोबिखोला मिचेर बनाइएको ७ तल्ले घर भत्काउन सुरु

काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित

पर्वत– पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ