स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ « Khabarhub

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाइ भएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोड्केसालका स्थानीयले आफ्नो खेतमा पोल गाडेर विद्युत्को लाइन तान्ने हो भने आफूहरुलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै अवरोध गर्दा कालिकोट, जुम्ला र मुगुमा विस्तार गर्न लागिएको विद्युत् विस्तारमा ढिलाइ भएको छ ।

आफ्नो घर खेत हुँदै विद्युत्को लाइन जाँदा आफूहरुले पनि बिजुली बाल्न पाउनुपर्ने अछाम पञ्चदेवल नगरापालिका–४ टोट्केसालका स्थानीय जनकबहादुर शाहीले बताए। “हाम्रो गाउँबाट विद्युत्को लाइन विस्तार हुँदा गाउँलेले सेवा पाउनुपर्ने हाम्रो माग रहेको छ”, उनले भने, “हामीले अवरोध गर्नेभन्दा हाम्रो माग पूरा गर्नुहोस् प्रसारण लाइन विस्तार गर्नुहोस भनेका हौँ ।”

स्थानीयले अवरोध गरेपछि प्रसारण लाइन विस्तारमा समस्या भएको विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादवले बताए । “कमलबजारबाट साइखोलासम्मको नौ किमिमध्ये कर्णाली नदीपारीबाट करिब एक सय मिटर मात्र तार तान्न बाँकी रहेको अवस्थामा स्थानीयले अवरोध गर्नुभएको छ”, उनले भने ।

उनले कोहलपुर–सुर्खेत–दैलेख हुँदै कालीकोट, जुम्ला र मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज नपुगेर विद्युतीकरण भएका कालिकोट, जुम्ला र मुगुका लागि अछामबाट विद्युत् आयात गर्न खोजिएको बताए।

कर्णालीका तीन जिल्लामा भोल्टेजको समस्या भएकाले गत असार १२ मा कालिकोट वितरण केन्द्रले कमलबजार–साइखोला नौ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी रु एक करोड ८८ लाखको टेन्डर गरी काम थालेको थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ९ : ३३ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका