इंग्ल्यान्डविरूद्ध अस्ट्रेलियाको रोमाञ्चक जित : ३५२ रनको लक्ष्य १५ बल बाँकी हुँदा पूरा « Khabarhub

इंग्ल्यान्डविरूद्ध अस्ट्रेलियाको रोमाञ्चक जित : ३५२ रनको लक्ष्य १५ बल बाँकी हुँदा पूरा

आईसिसी इभेन्टमा अस्ट्रेलियाले पार गर्यो ठूलो लक्ष्य


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध शनिबारको खेलमा रोमाञ्चक जित दर्ता गरेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा भएको च्याम्पियन्स ट्रफीमा ३५२ रनको लक्ष्य ४७.३ ओभरमा मात्र पाँच विकेट गुमाएर पूरा गर्दै अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको हो।

३५२ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ बल बाँकी रहँदा ३५६ रन जोडेको हो । यो खेल ऐतिहासिकसमेत बनेको छ। आईसीसीका खेलमा अस्ट्रेलियाले पार गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो।

३५२ रनको लक्ष्य पूरा गर्ने क्रममा अस्ट्रेलियाका जोश इंग्लिसले सर्वाधिक १२० रन बनाए। मात्र ८६ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गर्दै १२० रनको विजयी पारी नट आउट खेलेका हुन्।

अन्तिममा आएका ग्लेन म्याक्सवेलले १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा नट आउट ३२ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए।

उसका लागि एलेक्स क्यारीले ६३ बलमा ८ चौका प्रहार गर्दै ६९ रन बनाए भने ओपनर म्याथ्यु सटले ६६ बलमा ९ चौका र १ छक्का प्रहार गरी ६३ रनको योगदान दिए। मार्नस लाबुसेनले ४५ बलमा ५ चौका हानेर ४७ रन जोड्दा आक्रामक ओपनर ट्रेभिस हेड भने ६ रनमै आउट भएका थिए। अस्ट्रेलियाका कप्तान स्टेभेन स्मिथ भने ५ रनमा समेटिएका थिए।

बलिङतर्फ इंग्ल्यान्डका जोफ्रा आर्चर, मार्क वुड, ब्राइडन कार्स, आदिल रसिद र लियाम लिभिङस्टोनले एकएक विकेट हात पारे।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३५१ रनको योगफल खडा गरेको थियो। इंग्ल्यान्डका बेन डकेटले १४३ बलमा १६५ रन जोडे। उनले १७ चौका र ३ छक्का प्रहार गरे। अस्ट्रेलियासामू उनको ऐतिहासिक र विशाल शतकीय इनिङको कुनै सीप चलेन । जोय रुटले अर्धशतकीय इनिङ खेल्दै ६८ रन जोडे भने कप्तान जोश बट्लर २३, जोफ्रा आर्चर २१, जेमी स्मिथले १५ र लियम लिभिङस्टोनले १४ रन जोडेका थिए।

इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाका बेन द्वारश्वीसले तीन विकेट हात पार्दा एडम जम्पा र मार्नस लाबुसेनले २–२ तथा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे।

समूह ‘बी’मा अस्ट्रेलिया, इंग्ल्यान्डसँगै दक्षिण अफ्रिका र अफगानिस्तान छन्। अस्ट्रेलिया र दक्षिण अफ्रिकाले दुईदुई अंक बनाउँदा अफगानिस्तान र इंग्ल्यान्ड अंकबिहीन छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : १९ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि