जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द « Khabarhub

जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो ।

एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो ।

साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा रहेको प्रमुख थापाले जानकारी दिए ।

रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौं उडान भरेको थियो ।

विसं २०७९ साल वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटा मात्र उडान भएका छन् । उक्त उडानमध्ये तम्घास–काठमाडौं एक हजार एक सय ६५ र काठमाडौं–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेसन इन्चार्ज थापाको भनाइ छ ।

जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : १४ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल