घरमै मृत भेटिएका प्युठानमा दम्पतीको हत्या भएको खुल्यो, अनुसन्धान हुँदै « Khabarhub

घरमै मृत भेटिएका प्युठानमा दम्पतीको हत्या भएको खुल्यो, अनुसन्धान हुँदै


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

प्युठान- प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा मृत भेटिएका दम्पत्तीको हत्या भएको खुलेको छ ।

प्युठान प्रहरीले परियार दम्पतीमाथि घन प्रहार गरेर हत्या भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।

६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए ।

फागुन ९ गते राति घरमा खान खाएर सुतेका उनीहरू भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि छिमेकीले हेर्न पुगेका थिए । जहाँ दुवैजनालाई मृत अवस्थामा देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ ।
उनीहरूका चार छोराहरू भारतमा रोजगारीका क्रममा छन् । छोरीहरूको भने विवाह भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : १६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल