घरमै मृत भेटिएका प्युठानमा दम्पतीको हत्या भएको खुल्यो, अनुसन्धान हुँदै « Khabarhub

घरमै मृत भेटिएका प्युठानमा दम्पतीको हत्या भएको खुल्यो, अनुसन्धान हुँदै


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

प्युठान- प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा मृत भेटिएका दम्पत्तीको हत्या भएको खुलेको छ ।

प्युठान प्रहरीले परियार दम्पतीमाथि घन प्रहार गरेर हत्या भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।

६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए ।

फागुन ९ गते राति घरमा खान खाएर सुतेका उनीहरू भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि छिमेकीले हेर्न पुगेका थिए । जहाँ दुवैजनालाई मृत अवस्थामा देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ ।
उनीहरूका चार छोराहरू भारतमा रोजगारीका क्रममा छन् । छोरीहरूको भने विवाह भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : १६ बजे

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार